THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
नागरिक न्युज

रसुवा बाढीपीडितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल नगरको ६२ लाख सहयोग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि बाँसबाट अस्थायी आवासलगायत संरचना निर्माण गर्न ६२ लाख ९ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...

बाढीपीडितका लागि फिन्येको २० लाख सहयोग

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि फिन्ये (FINYE) ले २० लाख रुपैयाँ सहयोग गरेको छ।...

विपद् सारथी : हेलिकप्टर

नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नुवाकोटको बट्टारमा हेलिबेस स्थापना गरेको छ । ती दुई बेसमा पछिल्लो १० दिनमा हरेक दिन दर्जनौं सफल उद्धार...

तिनाउ नदीमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ निर्माण हुँदै, चिनियाँ कम्पनीलाई ठेक्का

चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।

जलवायु अभियन्ता ग्रेटा थनवर्ग माग- ‘नेपाललाई केस स्टडी मात्र बनाउने होइन, जलवायु न्याय दिनुपर्छ’

१९ भदौ काठमाडौं । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग...

बाढीपीडितका लागि १ लाख सहयाेग

काठमाडौँ। जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट सङ्कलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप...

बाढीपीडितको राहतका लागि तपोवनद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार सहयोग

काठमाडौँ। बोधिसत्व स्वामी आनन्द अरुणले तपोवनका संन्यासीहरूसहित नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी देशभर बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका छन्। भेटका क्रममा स्वामी आनन्द...

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ। प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार...

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री शाहको आश्वासन : चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्छौं

बाढीका कारण बालबालिकाको दैनिक जीवन प्रभावित भए पनि उनीहरूको शिक्षा, सुरक्षा र भविष्यमा असर नपर्ने गरी आवश्यक काम अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।...

एसियन गेम्सका लागि कराते टोली जापान प्रस्थान, तयारी उतै गर्ने

१९ भदौ, काठमाडौं । नेपाली कराते टोलीले जापानमा हुने २०औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको...

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् ।

१३ वर्षमै विवाह गरेका शर्मा जीवनभर पछुताइ रहेछन्

उनी आफैँ १३ वर्षका हुँदा ११ वर्षीया बालिकासँग विवाह गरेका थिए।

SF

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो दुई बेलिब्रिजका सामग्री

१९ भदौ, काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रले बाढीपहिरो प्रभावित नेपालका लागि दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्रीसहित आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।...

लिपमोटर B10 कोरला नाका हुँदै नेपाल भित्र्याइँदै, ग्राहकलाई छिटो डेलिभरी दिने तयारी

कम्पनीका अनुसार कोरला नाका प्रयोग गरी गाडीको ढुवानी तथा भन्सार प्रक्रिया तीव्र बनाइएको छ। यससँगै B10 बुकिङ गरेका ग्राहकलाई छिट्टै गाडी हस्तान्तरण गर्ने तयारी...

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

१९ भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा विजयी सुरुवात गरेको छ । शुक्रबा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको उद्घाटन खेलमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

अघिल्लो संस्करणमा इतिहास रचेको करातेले एसियाली खेलकुदको तयारी जापानमै गर्ने

कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ।

बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल

करिब ६०० बाढी प्रभावित परिवारका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै; बदलिँदो आवश्यकताअनुसार थप सहयोगको तयारी...

SF

नेपाल भलिबल लिगमा सगरमाथाको विजयी सुरूवात

पहिलो संस्करणको नेपाल भलिबल लिगमा सगरमाथा स्माशर्सले विजयी सुरुवात गरेको छ।

संसारले सास रोकेर पर्खेको चमत्कार

जब शुक्रबार बिहान त्रिशुली थ्री एको सुरुङको भित्रपट्टी ‘हेलो’ सुनियो, नेपाली उद्धारकर्ताहरुसँग संसारलाई सुनाउन लायक चामत्कारिक सफलता अनि आशाको खबर थियो ।

इन्टरनेटविहीन त्रिशूलीपारि : सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि डरलाग्दा अफवाहको बाढी

हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन...

गृहको प्रशासनिक हेरफेर : सात जिल्लामा नयाँ सीडीओ

शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।

कुन जलविद्युत् आयोजनामा कसरी भइरहेछ उद्धार प्रयास ?

सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । खोजीका क्रममा २१६ घण्टापछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट...

सपनामा सन्तानले बोलाइरहन्छन्, कविराज भौंतारिँदै बगरमा पुग्छन्

बाढी आएको दिन कविराज त्रिशुली थ्री–बीको टनेल–२ मा काम गर्दै थिए । टोलीमा करीब ३५ जना थिए । टनेलभित्र भएकाले बाहिरको सूचनाबाट उनीहरू बेखबर...

‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’

बराल भन्छन्, 'रातदिन काम गर्‍यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।'

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।