रसुवा बाढीपछिको पुनर्निर्माणमा ४ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान
काठमाडौँ । रसुवामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि करिब ४ अर्ब डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य...
कुमार बेनलाई लक्ष्य गर्दै अमरेशले भने- लुकेर भारत गए, लीला प्यालेसको दोस्रो तल्लामा बसे
'एउटा सल्लाहकार यो सरकारलाई नाश गर्न काफी छ, बाँकी सचिवालयको त कुरै नगरौं,' उनले भने।
हामी राजनीति सिक्न तयार छौं, अराजकता,असहिष्णुता हैन : निश्कल राई
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई सिकाउन आएको भनेर दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै प्रतिपक्षमा रहेका सबै दल सिक्न तयार...
प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ। बैठकमा सांसदहरूले उठाएका जनसरोकारका विषयहरू र विशेष समय सकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक...
‘हामी विधि र पद्धति सिक्न तयार छौँ, अराजकता र अहङ्कार होइन’
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचका आधारमा चल्न थालेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा...
जलवायु न्यायका लागि विश्वमञ्चमा नेपालले हात फैलाउने होइन, तथ्य बोकेर उभिनुपर्छ : सांसद कर्ण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले जलवायु परिवर्तनको मारमा नेपाल परेको तर त्यसको क्षतिपूर्ति दाबी गर्न सरकार चुकेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको मिति फेरि परिवर्तन
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औं राष्ट्रिय महाधिवेशनको मिति र स्थान फेरि परिवर्तन भएको छ । विशेष परिस्थिति, कारणवश पूर्व...
बाढीप्रभावित नुवाकोट पुगेर देउवाले भने- पुनर्निर्माण र पुनःस्थापनामा सबै जुटौं
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले भोटेकोसी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै विपत्तिपछिको पुनर्निर्माण र पुनःस्थापनामा तत्काल जुट्न सबै...
कुँवर र खत्री सचिव पदमा बढुवा
२५ भदौ, काठमाडौं । सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र...
तीनै तहका सरकारबीच समन्वय गरी विपद् व्यवस्थापन गर्न सांसद मोहन आचार्यको सुझाव
काठमाडौँ । रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय...
मन्त्रिपरिषद्का निर्णय : प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवको बढुवासम्म
काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक...
यसपालि सर्वाधिक चर्चामा रहेका दुई तीज गीत, तर विगतमा जस्तो छैन रौनक
तीमध्ये सर्वाधिक चर्चामा छन्,- एलिना चौहानको 'नौरती फुली' र विष्णु माझीको 'घरबार'।
भोटेकोशी बाढी : पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब लाग्ने
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ।...
एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा चिराग गोयल निर्वाचित
२५ भदौ, झापा । उद्यमी, लगानीकर्ता तथा समाजसेवी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक...
ग्यासको अभाव चर्किएपछि बिक्री केन्द्र अगाडि उपभोक्ताको लाइन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएपछि विभिन्न बिक्री केन्द्र तथा डिलर अगाडि खाली सिलिन्डर बोकेका उपभोक्ताको लामो लाइन लागिरहेको छ ।...
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने...
बाढी आएपछि ज्यानको बाजी लगाएर कसले बजायो साइरन?
'माथिबाट सूचना आउनेबित्तिकै दौडिएर पूर्वसूचना प्रणाली 'एक्टिभेट' गरेँ। त्यो हाम्रो कम्पाउन्डभन्दा माथिल्लो भागमा थियो।'
नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह सिफारिस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।