THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
नागरिक न्युज

चम्किए दीपेन्द्र, सुदूरपश्चिमको सय रन पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङको मद्दतमा सय रन पूरा गरेको...

कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट)

कीर्तिपुरमा दर्शक क्रेज : पोखरा कि सुदूरपश्चिम ? (भिडियो रिपोर्ट) काठमाडौँ । एनपीएलको रौनकले कीर्तिपुर क्रिकेट रंगशाला गर्मिइरहेको छ । बुधबार अपरान्ह रंगशाला परिसरमा...

ट्रम्पको टिप्पणीले कूटनीतिप्रति अमेरिकी अनादर उजागर गर्‍यो : इरान

काठमाडाैँ । इरानसँगको शान्तिसम्बन्धी समझदारीलाई ‘समयको बर्बादी’ संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले कूटनीतिप्रति वासिङ्टनको अनादर उजागर गरेको इरानले आरोप लगाएको छ। इरानी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

टेन्टमा बित्दैछ विस्थापितको जीवन (तस्बिरहरू)

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरूघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती डुबानमा परेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्।

भक्तपुरमा बिहीबारदेखि रोटरी पुस्तक प्रदर्शनी

काठमाडौँ। पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी, २०८३’ आयोजना हुने भएको छ। रोटरी क्लब अफ...

कुमाख : प्राकृतिक सौन्दर्य, आस्था र पर्यटनको सम्भावना (तस्वीरहरू)

प्रकृतिले दिएको सौन्दर्य, पुस्तौँदेखि जोगिँदै आएको आस्था र विकाससँगै बढिरहेको पर्यटकीय आकर्षणले कुमाख लेकलाई सल्यानको गौरवका रूपमा स्थापित गरेको छ। यो कर्णालीको पर्यटन सम्भावनाको...

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा

काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद...

क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्।...

किन आयातमुखी छ पुष्प उद्योग ?

सरकारले ‘पुष्प प्रवर्द्धन नीति’ लाई कागजमा मात्र सीमित नराखी व्यवहारमै किसानमैत्री बनाउने, क्वारेन्टिन प्रक्रिया चुस्त बनाउने र अवैध आयात रोक्ने हो भने नेपालले निकट...

कसको दबाबमा मालपानीलाई सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएन ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी भनिएको सेयर कारोबारका मुख्य सञ्चालक तथा लाभग्राही कमल किशोर मालपानीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा किन चलाएन भन्ने गम्भीर...

‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’

जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै...

स्पेनमा नेपाली पहिचान झल्काउँदै पर्यटन प्रवर्द्धन (तस्वीरहरू)

११ कात्तिक, बार्सिलोना । शनिबार बार्सिलोनाको प्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलियाको परिसरमा नेपाली गीत-संगीत गुञ्जिरहेको थियो। राष्ट्रिय झन्डा बोकेका बालबालिका, परम्परागत पहिरनमा सजिएका महिला...

सुदूरपश्चिमलाई तेस्रो झट्का, सैफ जैब आउट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले तेस्रो विकेट गुमाएको छ । सैफ जैब १६ बलमा १५ रन बनाएर आउट भएका छन्। यसअघि ब्रान्डन म्याकमलेन १२ बलमा २२...

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना

‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर...

पावरप्लेमा सुदूरपश्चिमको ५१ रन, गुमायो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १ सय ४६ रनको विजयी लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।...

चिकित्सा शिक्षामा विगतका सहमति समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्ने सरकारको निर्णय

बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई सम्बन्धित पक्षसँग समन्वय गरी समयमै टुङ्ग्याउने निर्णय गरेको हो।...

हर्क साम्पाङसँग मिल्ने सम्भावना देखेनन् कुलमानले

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हाल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताएका छन्।...

SF

सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत

हामीले अध्ययन गरेका विधेयकमा नियमावलीमै नभएको व्यवस्थामा टेकेर समेत संशोधन प्रस्तावहरू अस्वीकृत गरिएको छ।

एनपिएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)

खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् ।

अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन...

पोखरा र सुदूरपश्चिमको खेलमा देखिएको रौनक, तस्बिरहरू

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। टस हारेकाे पाेखराले जितका...

SF

मोरङबाट १० जना विदेशीको पासपोर्ट जफत

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, बाढी...

SF

यसरी गरिँदै छ निर्माण आयोजनाको मूल्य समायोजन, किन खुसी छन् निर्माण व्यवसायी?

निर्माण सामग्री, इन्धन र ढुवानीको लागत अस्वाभाविक रूपमा बढ्दा समस्यामा परेका निर्माण व्यवसायीलाई राहत दिने भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।