THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
रातोपाटी

१० बजे १० समाचार : मूल्यवृद्धि नियन्त्रण र डेलिभरीमा सरकार असफल, महाधिवेशन सार्ने तयारीमा कांग्रेस

आज २०८३ असोज १२ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

पहिरोले घर जोखिममा : चार जना विस्थापित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूलढुङ्गामा पहिरो खस्दा एउटा घर जोखिममा परेको छ। साेमरबार साँझ भोजराज थापाको घरको पछाडिबाट पहिरो खसेपछि घर जोखिममा परेको...

नेतान्याहूको यूएईमा गोप्य भ्रमण, राष्ट्रपतिसँग इरानबारे छलफल

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको रिपोर्ट...

देश गम्भीर सङ्कटतिर धकेलियो : आङ्देम्बे

पाँचथर। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्।...

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

बागमती । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ। कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार हाल कार्यालयमा उपलब्ध...

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ।...

चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप

सरकारको निर्णय प्रक्रिया र शैलीप्रति विमति राखेर प्रश्न उठाउने रास्वपाका नेताहरू पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीबारे भने मौन छन् । एकाध नेताले सामाजिक सञ्जालमा...

मदन भण्डारी कप भलिबल प्रतियोगिता सुरु

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ सोमबारदेखि बुटवलमा सुरु भएको छ । बुटवल मण्डपमा भएको उद्घाटन...

बर्दीका प्रहरीलाई नागरिक वैधताको संकट

प्रहरी कानुनको बफादार कार्यान्वयनकर्ता बनिरहोस्, नाजायज आदेशहरूको निरीह पालक होइन । प्रहरीको शक्ति बन्दुक र वर्दीबाट आउँछ, तर वैधता भने नागरिकको विश्वासबाट आउँछ। चोलेन्द्र...

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

१२ असोज, म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात् र बाढीपहिरोका कारण म्याग्दीका २०० परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनीबाट...

१ मंसिरदेखि मासु जाँच ऐन कार्यान्वयन, सरकार पछि नहट्ने, स्थानीय तहको शंका

मंसिर आउन डेढ महिना मात्रै बाँकी रहँदा तीन वटै तहका सरकारबीच सघन समन्वय हुन नसके यो ऐन फेरि पनि कागजमै सीमित हुने वा बजारमा...

बाढीले पुरेको घरबाट भेटिएको १५ तोला सुन र ४ लाख नगद घरधनीलाई फिर्ता

काठमाडौँ। नुवाकोटको त्रिशूली बजारमा बाढीले पुरिएको घरको भग्नावशेषबाट सशस्त्र प्रहरीले सुन, चाँदी र नगद फेला पारी सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेको छ। गत भदौ १०...

चार र्‍याक कार्गो आउँदा नै भत्कियो विराटनगरको रेलवे यार्ड

विराटनगर । विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसिपी) छेउमा निर्माण गरिएको नेपाल कस्टम यार्ड (एनसीवाई) सञ्चालनमा आएको छोटो समयमै जीर्ण बनेको छ । औपचारिक रूपमा...

सडक सञ्जाल खुलाउन देशभरि युद्धस्तरमा काम, कोरला नाका प्राथमिकतामा

सडक विभागको अनुमान अनुसार काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने सडकमध्ये बीपी राजमार्गलाई भने केही समय लाग्ने देखिएको छ ।

घरेलु फुटबल गतिविधि अगाडि बढाउने सरकारको तयारी

निलम्बन फुकुवाका लागि भएको पटकपटकको छलफलबाट उपलब्धि हुन नसकेपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने निचोडमा पुगेको हो ।

नागढुंगा सुरुङमार्गमा गाडीले ओभरटेक गरेपछि...

काठमाडौँ। नागढुंगा–सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएको भन्दै बा.प्र.०१–००६ ख...

नदीजन्य सामग्री तस्करी : कानुनमा २५ हजार जरिबाना, मेयर तिराउँछन् ५ हजार

दमक नगरपालिकाका मेयर रामकुमार थापाको निर्देशन तथा तोकआदेशमा कानुनविपरीत जम्मा ५ हजार रुपैयाँ जरिबाना तिराएर नदीजन्य सामग्री ओसारपसारमा संलग्न ट्र्याक्टरहरू छोड्ने गरेको पाइएको छ...

भक्तपुरको कमलपोखरीमा कमल फूल (फोटो फिचर)

यो पोखरी पाहुना चराको वासस्थान समेत भएको छ।

मलेसिया सिन्डिकेटमा संलग्न म्यानपावरमाथिको कारबाही पुग्यो कहाँ ?

वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी क्रममा सिन्डिकेट निर्माण गरी प्रतिस्पर्धालाई संकुचित पार्न खोज्ने २५ र २ सय ५० म्यानपावर व्यवसायीमाथिको कारबाही प्रक्रिया तीव्र बनाएको...

‘सार्क ट्यांक सिजन-२’ दसैंपछि हिमालय टेलिभिजनमा आउने, ६० करोड बराबर ‘डिल’

सिजन-२ मा करिब ६० करोड रुपैयाँ बराबरको डिल भएको छ, यसबाट सिजन-२ अझै ठूलो र उत्कृष्ट भएको हिमालय टेलिभिजनले जनाएको छ ।

१३ करोड मतदाता सूचीबाट गायबबारे इन्डियन एक्सप्रेसको सनसनीपूर्ण रिपोर्टमा के छ ?

२२ लाख २१ हजार पुनरावेदन नाम हटाइएका मतदाताहरूका थिए भने १६ लाख १० हजार पुनरावेदन न्यायिक अधिकारीहरूले योग्य ठहर्‍याएर समावेश गरेका मतदाताहरूलाई पुनः हटाउनका...

चोलेन्द्र पक्राउबारे सर्वोच्चले भन्यो- कानुनी प्रक्रिया पूरा नगरी गरिने कार्य स्वीकार गर्न सकिन्न

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरणबारे सर्वोच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रसुवा बाढी : बिमितको हदम्याद नाघेकै आधारमा दाबी अस्वीकार गर्न नपाइने

नेपाल बीमा प्राधिकरणले रसुवा बाढी प्रभावित बिमितलाई दाबी भुक्तानी सहज गराउन कार्यविधि नै जारी गरे पनि बीमा कम्पनीहरूले हदम्याद देखाइ दाबी भुक्तानी रोक्न नपाउने...

नेपालमा यू–१९ महिला विश्वकप आयोजना हुनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर : आईसीसी

काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का कार्यक्रम तथा सञ्चालन महाप्रबन्धक गौरव सक्सेनाले नेपालमा यू–१९ महिला विश्वकप आयोजना गर्न पाउनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर भएको बताएका...

सिंचाइ कार्यालयकी अनुपमा ‘म्याम’, जसले मन्त्री र सचिवका नाममा ‘पर्सेन्ट’ माग्थिन्

डिप बोरिङ गरेर ट्युवबेल गाड्ने ठेक्कामा घुस मागेको आरोपमा पक्राउ परेकी कार्यालय प्रमुख अनुपमा ढकालको कुराकानी पत्याउने हो भने, उनले लिएको कमिसनको हिस्सा प्रदेश...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।