THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 18 September 2026
रातोपाटी

धनगढीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलोपटक टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ। कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला...

रसियन हाउसमा नेपाल–रुस थिएटर सप्ताह सुरु

काठमाडौं । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष तथा बोल्सोई थिएटर स्थापनाको २५०औँ वार्षिकोत्सवको अवसरमा नेपाल–रुस थिएटर सप्ताह काठमाडौंस्थित रुसियन हाउसमा सुरु भएको...

SF

त्रिशूली बजार सार्ने, टोखा–छहरे–केरूङ सुरूङमार्ग अघि बढाउने

विगतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका ज्ञवालीसँग हामीले अहिलेको विपदबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका प्राथमिकताबारे कुराकानी गरेका...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।...

८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

सम्पर्कविहीन भएका ४५ सैनिक परिवारबाट डीएनए संकलन गरिएको छ । सबै परिवारले डीएनए दिइसकेकोले स्याम्पल म्याचको काम अघि बढाइएको छ ।

जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षा र कूटनीतिसँग जोडेर हेर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दामा मात्र सीमित नराखी राष्ट्रिय सुरक्षा र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।...

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

२ असोज, काठमाडौँ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । मन्त्रालयले शिक्षामन्त्रीका...

प्रदीप जैशीको उपन्यास ‘काउले’ विमोचन

काठमाडौँ । सामाजिक कथावस्तुमा आधारित उपन्यास `काउले´ विमोचन गरिएको छ। प्रकाशक संस्था भुँडीपुराण प्रकाशनद्वारा शुक्रबार काठमाडौँको संवाद डबलीमा आयोजित एक कार्यक्रमकाबिच कृतिको विमोचन गरिएको हो। विमोचन कार्यक्रममा प्राडा.

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

सहकार्यले विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई आफ्नो यात्राभर आ–आफ्नो देशमा रहेका परिवार सदस्य र साथीभाइलगायत सबैसँग सम्पर्कमा रहन सहज बनाउने लक्ष्य राखेको छ।...

SF

मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

नेवानिका दुइटै वाइडबडी ग्राउन्डेड, उडान अस्तव्यस्त

निगमले यो साता जापानको नारितामा निर्धारित उडान रद्ध गरेको छ । अन्य गन्तव्यमा पूर्वनिर्धारित उडानमा डिले र रिसेड्युल गर्दै उडाइरहेको छ ।

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। नवनियुक्त सदस्यहरूमा डा.

अफवाहको पछि नलागी तोकिएकै मितिमा वडा अधिवेशन गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि वडा तहको निर्वाचन कार्यक्रम सुरु हुँदैछ।...

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार...

बालेनले जेनजी सांसदलाई सोधे : संसद् बैठक पुरानै ढर्राको भयो, नयाँपन ल्याएको खै ?

अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न...

भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको...

यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव

यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब

चालु आव साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट २३ अर्ब ५८ करोड बराबर कर्जा प्रवाह भएको छ ।

SF

आजका तस्बिर- असोज २

हिमाली जनजीवन रक्षाको माग गर्दै मनास्लु बेसक्याम्पमा १० जनाले थाले आमरण अनशन

उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका...

१ लाख युवालाई ‘जब म्याचिङ’ गरेर रोजगारी दिइनेछ : श्रममन्त्री यादव

मन्त्री यादवले देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताए।...

असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहप्रद रूपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसले असोज ३ र ४ गते देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा...

करार कर्मचारीको तलब रोकिएपछि गढीमाईमा १८ दिनदेखि तालाबन्दी

रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू तलब–भत्ता माग गर्दै १८ दिनदेखि आन्दोलनमा छन्।...

फिलिपिन्सको विद्यालयमा गोली चल्यो, दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।