१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठन, कानुनमन्त्रीले मागिन् माफी
आज २०८३ भदाै २5 गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
आईफोन-१८ को क्यामेरामा केके परिवर्तन भए, केके फिचर थपिए ?
एप्पलले सार्वजनिक गरेको नयाँ फ्ल्यागसिप ‘आईफोन १८ प्रो’ को क्यामेरामा उल्लेखनीय परिवर्तन गरिएको छ। यस नयाँ मोडलमा प्रयोगकर्ताहरूले पहिलोपटक फिजिकल एपरचर नियन्त्रण गर्न पाउनेछन्;...
ब्रिक्स सम्मेलनः चिनियाँ राष्ट्रपति सी सहभागी हुने
चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर १२–१३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार घोषणा...
आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना
काठमाडौँ । आत्महत्या रोकथामका लागि ‘राष्ट्रिय संवाद सम्मेलन-२०२६’ आयोजना गरिएको छ । नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा आज ‘राष्ट्रिय संवाद...
विद्युत् सेवा माग्दै रोल्पाली आन्दोलित
२५ भदौ, रोल्पा । ग्रामीण क्षेत्रमा विद्युतीकरणको माग गर्दै रोल्पामा आन्दोलन भएको छ । रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेको भन्दै स्थानीयहरूले...
अल्जेरियाले किन तोड्यो युएईसँग कूटनीतिक सम्बन्ध ?
अल्जेरियाले बिहीबार संयुक्त अरब एमिरेट्स (युएई) सँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । वर्षौँदेखि चल्दै आएको तनावपछि अल्जियर्सले अबु धाबीलाई राष्ट्रिय तथा क्षेत्रीय...
नक्खु कारागारका कैदीबन्दीले प्रधानमन्त्री राहत कोषमा गरे ३ लाख सहयोग
काठमाडौँ । भोटेकोशी बाढीका प्रभावितहरूलाई नक्खु कारागारका कैदीबन्दीले ३ लाखभन्दा बढी सहयोग गरेका छन् । कारागार कार्यालय नक्खुका कैदीबन्दीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...
राप्रापा भोजपुरको अध्यक्षमा नेपाल
भोजपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोजपुरको अध्यक्षमा जनक नेपाल सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनले नेपालको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्यसमिति...
भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब ५० अर्ब ३७ करोड...
लोमान्थाङमा भूकम्पबाट ३० घर पूर्ण रूपमा क्षति
मुस्ताङ । भदौ २३ गते लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पको पराकम्पनले (नेपाल—चीन) उत्तरी कोरलानाकासँग जोडिएको लोमान्थाङ गाउँपालिकाका विभिन्न स्थानमा ढुङ्गा र माटोले बनेका ३०...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ?
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो सङ्ख्यामा घरधुरी र जनसङ्ख्या...
सबै देशबासी मिलेर विपद्को सामना गर्नुपर्छ: प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका...
उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?
लामो समयसम्म सुरुङ वा भग्नावशेषमा फसेका व्यक्तिहरू खाना र पानीविहीन अवस्थामा पनि जीवित भेटिनु चिकित्सकीय दृष्टिले असाधारण घटना भएको एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा.
‘अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याइने’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्। धनगढीमा बिहीबार आयोजित...
यमनमा हुथीद्वारा ‘रेड सी’ क्षेत्रको प्रमुख सहर कब्जा
साना । यमनको हुथी विद्रोही समूहले बिहीबार रणनीतिक महत्त्वको ‘रेड सी’ बन्दरगाह सहर मोचालाई कब्जा गरेका छ । प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताए अनुसार सहर कब्जापछि...
मलेसियाको रोजगारी : सिन्डिकेट कायम राख्दै २५ को सूचीमा थपिए २५० म्यानपावर
२५ भदौ, काठमाडौं । मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिनेगरी सार्वजनिक गरेको सूची विवादमा परेका बेला थप २५० वटा...
‘बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो’
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।
माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्याइयो
बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ ।
दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योगमन्त्री
जनमत पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका दीपककुमार साह पछि त्यही दलबाट साधारण सदस्यसमेत नरहने गरी पदमुक्त भए । त्यसपछि जनस्वराज र सर्वोदय दल गठन...
अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि बबिताले...
ग्यास अभावकै बेला मन्त्री भइन्, नचाहिँदो बोलेर पदबाट गइन्
बालेन सरकार बनेको साढे पाँच महिनाभर ग्यास आपूर्ति सहज भएन । त्यही ग्यासको ग्रामर मिलाउन नसकेपछि आपूर्तिमन्त्री गौरीकुमारी यादवले मन्त्री पद छाड्नु परेको छ...
नौखोरका बाढीपीडित परिवारका लागि प्रवासी युवाले जुटाए ५ लाख
पोखरा । भदौ १० गते भोटेकोशी बाढीमा परेर २६ जनाले ज्यान गुमाएका गोरखाको पालुङटार नगरपालिकास्थित नौखोरका प्रवासी युवाहरूले आर्थिक सहयोग जुटाएका छन् । गोसाईंकुण्ड...
विद्यालयमा ‘स्मार्ट चस्मा’ लगाउन प्रतिबन्ध
ओस्लो । नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’...
मोरङ कारागारभित्र भेटियो १० लाख नगद, मोबाइल र फलामे रड, सुरक्षा संयन्त्रमै गम्भीर प्रश्न
जिल्ला कारागार मोरङको कैदीबन्दीको कोठाभित्र ठुलो परिणामको नगद, मोबाइल र फलामे रड फेला परेको कारारगार सुरक्षामाथि ठुलो प्रश्न उठेको छ ।...
अपर तामाकोशीमा निर्वाचित सञ्चालकबिनै बोर्ड बैठक बोलाइएपछि विवाद
कम्पनीको साधारणसभाबाट निर्वाचत र स्वतन्त्र सञ्चालकहरूलाई नबोलाइ नेपाल विद्युत् प्राधिकरणका पदेन सञ्चालक तथा ऋणदाता संस्थाहरूका आमन्त्रित सदस्यहरूलाई बोर्ड बैठकमा बोलाइएको खुलेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।