THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026
SF

रौतहटमा मेसिनले च्यापिएर कामदारको मृत्यु

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित एक सिमेन्ट बोर्ड उद्योगमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित...

सुदूरपश्चिमविरुद्ध चितवनको संघर्षपूर्ण सुरुवात, ११ ओभरमा ६८/३

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु चितवन राइनोजले संघर्षपूर्ण सुरुवात गरेको छ।...

देउवा पक्षीय कांग्रेसको कास्की सभापति बने ऋषि काफ्ले

पोखरा । नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा समूहको कास्की जिल्ला सभापतिमा ऋषि काफ्ले निर्विरोध निर्वाचित भएका छन् । उनको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको...

सशस्त्रले उदयपुरबाट बरामद गर्‍यो ७८ सय किलो गाँजा

सशस्त्र प्रहरी बलले उदयपुरमा ७८ सय किलो गाँजा बरामद गरेको छ।

तनहुँमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

१६ कात्तिक, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय...

रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार

रवि लामिछानेविरुद्ध सहकारीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशहरूको आश्चर्यजनक वृत्तिविकास भएको देखिन्छ ।

यी कारणले आउँछ ‘डार्क सर्कल’, हटाउन सम्भव छ ?

ऐना हेर्दा अनुहार उस्तै देखिन्छ, तर आँखामुनि देखिने कालोपनले अनुहारलाई थकित देखाइरहेको हुन्छ । त्यसलाई केही बेर लुकाउन कन्सिलर प्रयोग गरे पनि अनुहार धोए...

राज्यका सबै अङ्गमा संस्थागत शुद्धीकरण आवश्यक : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जाल...

कांग्रेसको देउवा समूहले २४ जिल्लामा सक्यो अधिवेशन, को–को भए सभापति ?

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति देउवा पक्षले हालसम्म २४ वटा जिल्लामा अधिवेशन सम्पन्न गर्दै नेतृत्व चयन गरेको छ। आन्तरिक प्रतिस्पर्धाबाट देउवा समूहले विभिन्न...

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, भारतीयलाई उछिन्दै अमेरिकी अगाडि

१६ कात्तिक, काठमाडौं । नेपालको छिमेकी मुलुक भारतलाई उछिन्दै अमेरिकी पर्यटक एक महिनामा सर्वाधिक संख्यामा नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार...

वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग

१७ कात्तिक, सुर्खेत। विकास आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति दिने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न कर्णाली प्रदेश...

भारतको विरोध गरेर राष्ट्रवादी बन्ने चलनको अन्त्य हुँदैछ: रास्वपा सांसद पन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्त (हरि) ले भारतको विरोध गरेकै भरमा आफूलाई राष्ट्रवादी देखाउने प्रवृत्तिको बिस्तारै अन्त्य हुँदै गएको बताएका छन्।...

SF

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

तमोरमा सुरुङमार्गसहितको भूमिगत संरचना बनाइँदै

नेपालको निजी लगानीको जलविद्युत र हिमाली क्षेत्रमा पहिलो पटक टिबीएम मेसिनद्वारा सुरुङमार्ग सहितको भूमिगत संरचना निर्माण गर्न लागिएको हो।...

नेपाल र पाकिस्तानबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुद‌ृढ बनाउनुपर्ने

काठमाडौँ, १६ कात्तिकः नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड...

अक्टोबरमा अमेरिकी पर्यटकको आगमन आठ वर्षयताकै उच्च

‘हामीले अपेक्षा गरेभन्दा बढी सुधार हुने गरी अमेरिकी पर्यटकको आगमन भएको छ,’ गौतमले भने।

सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुर। सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ...

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

कैलाली । पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको...

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता...

SF

देउवा पक्षले २४ जिल्लामा सक्यो अधिवेशन (सूची)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अहिलेसम्म २४ जिल्लामा अधिवेशन सकिएको बताएको छ।

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर। हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ। करिब...

उखुको मूल्यमा किसान र उद्योगीबीच कुरा मिलेन, प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ माग

किसानले उत्पादन लागत र चिनीको बजार मूल्यका आधारमा प्रतिक्विन्टल १ हजार ५० रुपैयाँ मूल्य माग गरेका छन् भने सरकारले गत वर्षको तुलनामा ८ रुपैयाँ...

तयारीबिना शुल्क उठाउन हतार : नागढुंगा सुरुङमार्गमा जामको सास्ती

काठमाडौँ । राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको समय र इन्धन बचत गर्ने उद्देश्यसहित सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गमा अहिले सवारी चालकहरूले नयाँ झन्झट बेहोर्नुपरेको छ...

सञ्चारमन्त्रीले गरे एकीकृत हुलाक भवनको निरीक्षण

काठमाडौँ। सञ्चार तथा सूचनामन्त्री डा. विक्रम तिमिल्सिनाले एकीकृत हुलाक भवनको आज निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले भवनभित्रका कार्यकक्ष, सुरक्षा व्यवस्था, पानी र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।