बोदेबरसाइनका विद्यालय आज बन्द
९ असोज, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सबै विद्यालयमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले...
सुनील थापाको अन्तिम फिल्म भनिएको ‘हिमालयन गोल्ड’ मंसिर ४ मा आउने
काठमाडौं । दिवंगत अभिनेता सुनील थापा अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार फिल्मको प्रदर्शन...
एसियन गेम्स क्रिकेट : अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । जापानको आइचीस्थित निशिनमा...
अविरल वर्षाका कारण काठमाडौंमा फोहोर संकलन प्रभावित
काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण केही समय फोहोर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भन्दै महानगरवासीलाई घरको फोहर बाहिर ननिकाल्न अनुरोध गरेको छ।...
लगातारको वर्षापछि बुटवल–पाल्पा सडक अवरुद्ध
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड लगातारको वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको छ । शुक्रबार सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट पहिरो खसेपछि यातायात...
कोशीमा अविरल वर्षा, केही भित्री सडक अवरुद्ध, हालसम्म कुनै क्षति नभएको प्रहरीको भनाइ
विराटनगर । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण कोशी प्रदेशलगायत देशभरको मौसम प्रतिकूल बन्दा जनजीवन प्रभावित भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा लगातारको वर्षाका...
त्रिभुवन राजपथमा ठूला मालवाहक सवारीसाधन सञ्चालकमा रोक, समयतालिका पनि लागू
काठमाडौँ । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी आवागमनका लागि समयतालिका लागू गरिएको छ।...
साउदीका तेल संरचनामा हुथीको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबका राज्यनियन्त्रित उर्जा कम्पनी ‘अरामको’ का संरचनासहित अन्य स्थानमा पुनः आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च...
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमै रोकिए (तस्बिरहरू)
काठमाडौँ । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा...
१ अर्बको हुण्डी कारोबारको आरोपमा एक व्यक्ति पक्राउ
९ असोज, काठमाडौं । एक अर्ब रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर...
वर्षाका कारण काठमाडौंको फोहोरमैला बिसर्जन प्रभावित
वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
हर्मुज खोल्न ८० देशको आह्वान
पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खोल्न आह्वान गरेका छन्।...
कान्ति राजमार्ग वर्षा रोकिएको दुई घण्टाभित्रै खुल्छ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्रै कान्ति राजमार्ग खुल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुराको...
नेकपा बहुमतको नाममा चन्दा उठाउने समातिए
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
च्यासलमा मनोहरा खोलाको बहाब बढ्यो, यस्तो छ एमाले कार्यालय आसपासको अवस्था
काठमाडौँ । च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको बहाब बढेको छ। पानीको बहाब बढेर मनोहरा पुललाई छोएपछि सुरक्षाकर्मीले उक्त क्षेत्रमा आवतजावतमा रोक...
सुदूरपश्चिममा पुरानै बजेट सिलिङमा सांसदका योजना समेटिँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८३/०८४) को बजेट पुनः तयार गर्दा यसअघि निर्धारण गरिएको योजना तथा बजेटको सीमा (सिलिङ) लाई नै...
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
९ असोज, काठमाडौं । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ छन्...
सगरमाथा रोयल्टी विवादमा हिरा बहादुरको बयान : ४ गीतको कारोबार हो, ६० लाख ठगी गरेको छैन
काठमाडौँ । सगरमाथा डिजिटल प्रा.लिका सञ्चालक हिरा बहादुर केसीले गीतकार शशि शर्मा मजगैयाँको सिर्जना अनधिकृत रूपमा प्रयोग नगरेको र कुनै ठगी नगरेको बताएका छन्...
९ करोड पाउन्ड ऋण लिएसँगै युनाइटेडको ऋण १ अर्ब १५ करोड पाउन्ड पुग्यो
म्यानचेस्टर । इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडले गत जुन ३० पछि थप ९ करोड पाउन्ड ऋण लिएको छ। साथै क्लबले यस सिजनमा नयाँ खेलाडी...
५५ महिनापछि फेरि ब्युँतिएको जय नेपाल हल, यसरी फर्कियो पुरानो विरासत
काठमाडौँ । काठमाडौँको मुटु हात्तीसार । चक्रपथको कोलाहलभन्दा केहीभित्र तर नेपाली चलचित्र इतिहासको केन्द्रबिन्दुमा ठिङ्ग उभिएको एउटा भवन र प्रशस्त प्राङ्गण । यो केवल...
राजमार्ग बन्द भएपछि कलंकीमा रोकिए ठूला मालबाहक ट्रक (तस्बिरहरू)
सडकको दुवै तर्फ ट्रकहरू रोकिएर राखिएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।