THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
अनलाइनखबर

कांग्रेस सभापतिमा मेरो उम्मेदवारी कायमै छ :  श्यामकृष्ण खड्की 

नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापति पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।

SF

स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको...

किर्नाले टोकेर १० हजार बढी संक्रमित, ७ जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार १५ जनाको मृत्युको कारणबारे थप पुष्टि गर्ने काम भइरहेको छ...

गगन थापाले भने– कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा...

रुसी राष्ट्रपति पुटिनले गरे इरानको साहासको प्रशंसा

अमेरिका र इजरायलबाट आक्रमणको सामना गरिरहेको इरानले देखाएको साहसको पनि पुटिनले प्रशंसा गरेका थिए ।

सहसचिव नवीनराज सिंह र चक्रबहादुर बुढा सचिवमा बढुवा

काठमाडाैँ। सरकारले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा, समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे...

‘मासु व्यवसाय अब व्यवस्थित हुन्छ, बधशालामा सरसफाइको मापदण्ड लागु हुन्छ’

काठमाडौँ । मासु, दुध, अण्डा लगायत पशुपन्छीजन्य उत्पादनले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव राख्छन् । पशु, पन्छी र मत्स्य क्षेत्रको प्रवर्द्धन, नियमन, रोग नियन्त्रण, पशु...

LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : चुनावी प्रचारप्रसार तीव्र

काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...

न्यून आय भएका किसानलाई साना सोलार सिँचाइ अनुदान दिँदै कोशी सरकार

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक रूपमा विपन्न तथा न्यून आय भएका किसानहरूलाई लक्षित गर्दै साना सौर्य सिँचाइ अनुदान कार्यक्रम अघि सारेको छ ।...

SF

तस्बिरमा हेर्नुहोस्, काठमाडौंका सडकमा बढ्दो ट्राफिक जाम

काठमाडौंमा पछिल्लो समय ट्राफिक जामको समस्या बढ्दै गएको छ। विशेषगरी बिहान र साँझ कार्यालय समय आसपास काठमाडौंका मुख्य सडक तथा चोकहरूमा सवारीसाधनको चाप अत्यधिक...

विपद्‌मा बेपत्तालाई मृत घोषणा गर्न अब १२ वर्ष कुर्नु नपर्ने, कानुन बदल्न अध्यादेश ल्याउँदै सरकार

विपद्का घटनामा बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्षसम्म कुर्नुपर्ने झन्झटिलो र अव्यावहारिक व्यवस्थालाई सरकारले अन्ततः संशोधन गर्ने भएको छ।...

१२ वर्ष बेपत्ता व्यक्तिलाई मृतक घोषणा गर्ने अवधि ४५ दिनमा झारिँदै

काठमाडौँ। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न देखिएको कानुनी अवरोध हटाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन...

तीनकुने आन्दोलन : फरक आस्था राख्नेप्रति घृणाजन्य अभिव्यक्ति नदिन ध्यानाकर्षण

तीनकुने घटनामाथि छानविन गरेको आयोगले तत्कालीन सरकार प्रमुख ओली र मन्त्रीहरूले फरक आस्था र विचार राख्ने दल र समूहप्रति घृणाजन्य अभिव्यक्ति दिएको निष्कर्ष निकालेको...

आशिकाको स्पष्टीकरण : मन्दिरभित्र म मात्रै गएकी हुँ, अनुमति नभएकाले थोमस बाहिरै बसे

रास्वपाकी सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथभित्र प्रवेश नपाएको भन्दै स्पष्टीकरण दिएकी छिन्।...

तीनकुने घटनाबारे मानव अधिकार आयोग– म्याद नाघेका अश्रुग्यास प्रयोग भए

२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्दै मानव अधिकार आयोगले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउन भनेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी...

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत घोषणा गर्न सकिने व्यवस्था ल्याउँदै सरकार

लामो समयदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने हालको १२ वर्षे समयसीमा घटाएर सरकारले अब ४५ दिनमा झार्ने तयारी गरेको छ।...

भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ। सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती अध्यादेशहरू जारी गर्न...

भूमि, वन र विपद्‌सम्बन्धी तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनका लागि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।...

मोदीले मनाउँदै सार्वजनिक जीवनको २५ औं वर्षगाँठ, बालेन र रविले दिए शुभकामना

मोदीले सार्वजनिक सेवा यात्राको २५ औं वर्षगाँठ मनाइरहँदा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) र सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले शुभकामना दिएका छन् ।

मानव अधिकार आयोगले भन्यो– काठमाडौंका तत्कालीन सुरक्षा अधिकारीलाई कारबाही गर

२१ असोज, काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको राजावादी आन्दोलनको घटनामा केही सुरक्षा अधिकारीलाई कारबाही गर्न मावन अधिकार आयोगले सिफारिस गरेको छ...

SF

श्यामकुमार मौरती कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति श्यामकुमार मौरती केन्द्रीय सदस्य (दलित खुला) तर्फ उम्मेदवार बनेका छन्।

कांग्रेस महाधिवेशन : श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिने

काठमाडौँ। श्यामकृष्ण खड्गीले सभापति पदबाट उम्मेदवारी फिर्ता नलिने भएका छन्। बुधबार रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।