THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् ।...

SF

ग्वारखोलामा नयाँ पुलको जग खन्दा भासियो पुरानो पुल छेउको भाग

तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत ग्वारखोला पुलको पूर्वतर्फ नयाँ पुल निर्माणका लागि जग खन्ने क्रममा पुरानो पुलको छेउको भाग भासिएपछि सवारी आवागमन बन्द गरिएको छ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन :  मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरूमा अधिवेशन प्रक्रिया तीव्र...

भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो र सिलिन्डर वितरण

काठमाडौँ। आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढी पीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ। मोर्चाले शनिबार नुवाकोटको...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा ठूलो क्षति पुगेको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ स्थित...

दुर्घटना नगर्ने १५ चालकलाई सम्मान

एक वर्षसम्म सवारी चलाउँदा दुर्घटना नगर्ने १५ चालकलाई सम्मान गरेको छ ।

सिटीको संकट: अङ्क कटौती, रेलिगेसन कि उपाधि रद्द ?

पछिल्लो एक दशकमा प्रिमियर लिगमा दबदबा कायम गरेको म्यानचेस्टर सिटी वित्तीय नियम उल्लङ्घनमा दोषी ठहर भएको विश्वसनीय रिपोर्ट सार्वजनिक भएपछि यसको असर निकै ठुलो...

विदेशमा रहेका नेपालीलाई मताधिकार : कानुनी, नीतिगत र प्राविधिक विकल्प अध्ययन गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल तीव्र बनाएको छ। विदेशमा रहेका नेपालीलाई मताधिकार (आउट...

प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभा सकेर स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।...

भोजपुरकाे ग्रामीण क्षेत्रमा यातायात ठप्प

भोजपुर केही दिनदेखि परेको अविरल वर्षाका कारण भोजपुर जिल्लाको समग्र जनजीवन कष्टकर बनेको छ । लगातारको झरीका कारण पहाडी सडकखण्डमा यातायात सेवा ठप्प हुँदा...

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।...

SF

स्वदेश फर्किए प्रधानमन्त्री बालेन (तस्बिरहरू)

नारायणी नदीमा बाढी: गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३:०० बजे नदीमा...

पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

सोलुखुम्बु । सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला र सङ्घीय राजधानी काठमाडौँ बीचको सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण...

नेपाली डायस्पोरा राष्ट्रिय विकासको मुख्य आधारस्तम्भ : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा उनले नेपाली डायस्पोरालाई...

कांग्रेस इतर समूहले केन्द्रीय निर्वाचन समितिलाई बुझायो क्रियाशील सदस्यताको विवरण

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि गठन गरेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन...

SF

स्वीकृतिबिनै सार्वजनिक जग्गामा शौचालय बनाउन खोजेपछि

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

चितवन । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको...

कर्णालीका १० वटै जिल्लाका प्रशासन विपद् व्यवस्थापनमा सतर्क, जनशक्ति र साधनस्रोत तयार

सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी तीव्र पारिएको बताएका छन्। कर्णाली प्रदेश विपद्...

रुकुम पश्चिममा खोलाले बगाएर महिलाको मृत्यु

रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ ।

हेटौंडामा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई घाइते

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल पछाडि सवार एक युवकको अवस्था गम्भीर रहेको...

SF

नयाँ बसपार्कमै थन्किए लामो दूरीका बस (तस्बिरहरू)

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्।

विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै

कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ।

खोलाले बगाएर महिलाको मृत्यु

रुकुम पश्चिम । खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ स्याउलीबारकी बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर...

पहिरोले बेनी-जोमसोम-कोरला सडक अवरुद्ध

लगातारको वर्षापछि दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।