THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ। संसदीय समितिले १० देशका राजदूतका लागि सिफारिस नाम अनुमोदन गरेको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले भारत, चीन लगायत १० देशका लागि...

SF

'दृश्यम ३' ले ५ सय करोड कमाउँदा पनि किन बन्ने छैन चौथो भाग?

बलिउडको सफल फिल्म 'दृश्यम'को यात्रा भने तेस्रो भागमै टुंगिने भएको छ। जबकि फिल्मले बक्स अफिसमा ५ सय करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रास्वपामा दोहोरो अवसर निषेध, २०८२ का संघीय उम्मेदवार र सांसदलाई स्थानीय चुनाव लड्न रोक

पार्टीले जारी गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत दोहोरो पद र अवसरलाई निरुत्साहित गर्न यस्तो कडा व्यवस्था गरिएको हो।

भारतमा प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि प्रहरीको धरपकड

प्रहरीले गरेको धरपकडमा ३० जनाभन्दा बढी पत्रकारलाई अस्थायी रूपमा नियन्त्रणमा लिइएको विभिन्न प्रेस स्वतन्त्रता समूहले बताएका छन्।...

नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा रसिन र इभानालाई स्वर्ण

यु–२१ सिंगल्सको ब्वाइजमा रसिन र गर्ल्समा इभानाले स्वर्ण जितेका हुन् ।

साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको '६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९' असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री...

रास्वपामा धाँधली रोक्न ब्लाइन्ड भोटिङ, गुटबन्दी र लेनदेन गरे सदस्यता खारेज

सम्पूर्ण मतदान प्रक्रिया सकिएपछि मात्र सबै अङ्कहरू जोडेर एकीकृत स्कोरकार्ड (नतिजा) सार्वजनिक गरिने उम्मेदवार छनोट रुपरेखामा उल्लेख छ ।

SF

१० प्रस्तावित राजदूतको नाम अनुमोदन

शंकास्पद आचरण गर्ने २४ दक्षिण कोरियाली नागरिक निष्कासित

भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो।...

बाढीअघिको त्रैमासमा अर्थतन्त्र ४ प्रतिशत विस्तार, विद्युत्-ग्यासकाे योगदान उच्च

अर्थतन्त्रका कुल १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षाबाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर भएको छ ।

रास्वपामा नयाँ अनुहारका लागि ल्याटरल इन्ट्री खुला, तोकियो कुलिङ पिरियड

पार्टीले तयार पारेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ मार्फत बाहिरबाट आउने सम्भावित उम्मेदवारहरूका लागि निश्चित मापदण्ड र कुलिङ पिरियड तोकेको हो।

रास्वपा उम्मेदवार हुन पार्टीको प्राइमरी चुनावमा ४० प्रतिशत मत अनिवार्य

रास्वपाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न परम्परागत शैलीलाई तोड्दै नयाँ मापदण्ड अघि सारेको छ।

दसैँ सम्झँदा पनि झस्किन्छन् विस्थापितहरू

काठमाडौँ । शरद ऋतु आगमनसँगै गाउँ–सहरमा मालश्रीको धुन गुञ्जिन थालेको छ । सहरबाट गाउँ फर्किनेहरूको लर्को छ, बजारमा नयाँ लुगा र सरसामान किन्नेको भिड...

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीको फराकिलो अग्रता

काठमाडौँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत दलित सहमहामन्त्रीमा प्रकाश रसाइलीले फराकिलो अग्रता बनाएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी मतगणनामा रसाइलीले फराकिलो अग्रता...

रास्वपाको उम्मेदवार बन्न वैवाहिक अवस्था खुलाउनुपर्ने

रास्वपाको उम्मेदवार बन्नका लागि वैवाहिक अवस्थाका कानुनी स्पष्टता पनि पेश गर्नुपर्ने भएको छ ।

रास्वपाको समावेशिता नीति : पूर्वलाभग्राही र तिनका परिवारलाई थप अंक नदिइने

रास्वपाले आगामी २०८३ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा समावेशिताको नयाँ र कडा मापदण्ड लागू गर्ने भएको छ।

१० देशका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

रास्वपा उम्मेदवार बन्न मिटरब्याज, सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य

पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार आकांक्षीहरूले कानुनी योग्यताका अतिरिक्त आफ्नो वित्तीय तथा नैतिक आचरणबारे अनिवार्य रूपमा कडा स्वघोषणा पेस गर्नुपर्नेछ।

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र चौथोबाट पाँचौंमा झरे

२८ असोज, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी...

SF

रास्वपा उम्मेदवार छनोटमा सचिवालयलाई १५ प्रतिशतसम्म विशेषाधिकार

विधि, पद्धति र प्रारम्भिक निर्वाचनलाई प्राथमिकता दिएको दाबी गर्ने रास्वपाले आगामी स्थानीय तहको उम्मेदवार छनोटमा पार्टी नेतृत्वका लागि १५ प्रतिशत विशेषाधिकारको कानुनी बाटो खुला...

कोका–कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

दसैँमा घर फर्कनका लागि टिकट पाउन धेरैलाई कठिन हुने गर्छ। यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दसैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ।...

भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । सरकारले चीन, भारत र अमेरिका लगायत देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका...

SF

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद सुनार

अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।