THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 4 October 2026
SF
सेतोपाटी

महासभाको भाषण र कूटनीतिक सक्रियताको तागतको परीक्षा– कति आउला रकम?

कान्छा प्रधानमन्त्रीको 'धेरै हेरिएको' महासभा भाषणले नेपालले पाउने जलवायु हानि नोक्सानी बापतको रकमको परिमाणमा के फरक पार्ला? अब 'लस एन्ड ड्यामेज' कोषमा विकसित देशले...

कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवालको उम्मेदवारी घोषणा

काठमाडौँ । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्...

बेलायतबाट करोडौँ सहयोग, ‘एकपटकको नेपाली मात्र होइन मन पनि सधैँको नेपाली’

लन्डन । ‘एकपटकको नेपाली, सधैँको नेपाली’ विदेशमा बस्ने नेपालीहरूले वर्षौंदेखि उठाउँदै आएको यो नारा प्रायः नागरिकता, राजनीतिक, आर्थिक र सामाजिक अधिकारको बहससँग जोडिन्छ। तर...

SF

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

निर्माण सकिएको आभेरहेड क्यानोपी ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उनको भनाइ छ।

कांग्रेस केन्द्रीय सदस्यमा सुशील भट्टको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टले...

साथीको लापरबाहीले रायनको गालामा चोट, तीन जना समातिए

सामान्य अवस्थामा रहेका उनको देवदह मेडिकल कलेजमा उपचार हुँदैछ। यसबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...

एसिया ट्रेल मास्टरमा होमलाल र सुनसरी विजेता

१८ असोज, काठमाडौं । नेपालका होमलाल श्रेष्ठ र सुनसरी रोकायाले शनिबार एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको उपाधि जितेका छन् । भियतनामको मु चाङ चाइमा...

नेपाल पुलिसले जित्यो मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलको उपाधि

१७ असोज, बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ...

SF

मनसुन बाहिरिने क्रम सुरू हुँदा पूर्वी नेपालमा भारी वर्षा

दिउँसो र साँझपख बादल लाग्ने तथा केही समय वर्षा हुने क्रम अझै रहने उनले बताइन्।

सन् २०५० को काठमाडौँ : मेट्रो रेल र सुरुङमार्ग, ठाउँठाउँमा फ्लाइओभर र पुल

काठमाडौँ । काठमाडौँ उपत्यकाले भोगिरहेको चरम ट्राफिक जाम, वायु प्रदूषण, अस्तव्यस्त सार्वजनिक यातायात र सडक सुरक्षाको गम्भीर जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले एक...

कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गिरीले आइतबार सामाजिक...

अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने

सो अवसरमा उनले नेपालका आर्थिक साझेदारी र सहकार्यलाई थप बलियो बनाउने विषयमा अन्य उच्चस्तरीय भेटवार्ता पनि गर्ने दूतावासले जनाएको छ।...

बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला स्थित प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको अद्यावधिक तथ्याङ्क अनुसार रसुवामा...

वर्षाले दसैं-तिहारका लागि तयार भइरहेको केराखेतीमा क्षति, चिन्तामा किसान

१८ असजो , कञ्चनपुर । लगातारको वर्षाले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका राजेन्द्रबहादुर बिष्टको केराखेतीमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नेपाली...

अभिभावकसँग पुस्तक जोड्दै ‘कोसाक’

कोसी साहित्य-कला परिषद् नेपाल (कोसाक) ले पुस्तकलाई अभिभावकसँग जोड्ने अभियान सुरु गरेको छ।

साउदीको तेल प्रशोधन केन्द्रमा हमला गरेको हुथीको दाबी

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादनजिक रहेको सरकारी तेल कम्पनी अरामकोको तेल प्रशोधन केन्द्रमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट हमला गरेको दाबी...

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ । धनधान्यकी देवी...

शाइ होपको कीर्तिमानी शतकमा वेस्ट इन्डिजको ऐतिहासिक जित

वेस्ट इन्डिजले भारतविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा ऐतिहासिक जित निकालेको छ।...

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार...

विपद्ले थलिएका बस्ती उठाउँदै म्याग्देली हात

१८ असोज, म्याग्दी । बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका र बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर।...

कांग्रेस महाधिवेशन : स्वदेशी प्रतिनिधिले आफैँ बासको व्यवस्था गर्नुपर्ने, विदेशबाट आउनेको खर्च पार्टीले व्यहोर्ने

नेपाली कांग्रेसको काठमाडौंमा आजदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिलाई बस्नका लागि काठमाडौंका विभिन्न स्थानमा होटल बुकिङ गरिएको छ।...

सोच्छु - म के लेखूँ?

गाईलाई गाई ढुक्कै गधालाई गधै लेखूँ, सत्यलाई सत्य सधै‍ँ म झूटलाई झूटै लेखूँ,

मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ

रौतहट । वीरगन्ज–रक्सौलबिचको मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठुलो परिमाणमा लागूऔषध लैजाँदै गरेको विशेष सूचनाका...

मुस्ताङमा डोल्पाका च्याङ्ग्रा (तस्वीरहरू)

उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट च्याङ्ग्रा हिमाल पार गरेर स्थलमार्ग हुँदै मुस्ताङ पुर्‍याइएको हो ।

जनमतले आज नयाँ कार्यसमितिको टुंगो लगाउँदै

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि भएको निर्वाचनको मतगणना शनिबार राति ९ बजेदेखि सुरु भएको थियो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।