THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
रातोपाटी

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ। विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । शिक्षा तथा खेलकुद...

जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि...

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री...

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित साेमबार एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार...

१७ वर्ष मुनिकाे राष्ट्रिय रग्बीमा कटारीलाई दोहोरो उपाधि

काठमाडाैँ। दोस्रो शिखर ढकाल स्मृति १७ वर्ष मुनिकाे टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि कटारी नगरपालिकाले जितेको छ।...

बूढीगण्डकी बाढीमा फसेका ३ सय २१ जनाको सोमबार उद्धार

२६ असोज, आरुघाट (गोरखा) । बूढीगण्डकी बाढीमा फसेकाहरुको उद्धार कार्यलाई तीव्र पारिएको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको छ । सोमबारमात्रै...

चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह

बाजुरा। जिल्ला प्रहरी कार्यालय बाजुराले बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने...

चार प्रस्तावित राजदूतलाई साझा प्रश्न– राष्ट्रिय स्वार्थलाई कसरी जोगाउने ?

संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सोमबार सुनुवाइ गरेको छ । ८ घण्टा लामो सुनुवाइका क्रममा तीन मुलुकहरूसँग सरोकार...

हुथी क्षेप्यास्त्रको खतरा बढ्दा साउदीमा विमानस्थल बन्द रहने अवधि लम्बियो

यमनको सरकारलाई समर्थन गर्दै आएको अरब गठबन्धनले साउदी अरेबियातर्फ आउन सक्ने ड्रोन र क्रुज क्षेप्यास्त्रको निगरानी गरिरहेको जनाएको छ।...

बूढीगण्डकी बाढी : आरूघाट–माछीखोला सडकको लेदो हटाइँदै, भोलिसम्म सडक खुलाउने तयारी

२६ असोज, गोरखा । बूढीगण्डकी बाढीले क्षति पुर्‍याएको आरूघाट–माछीखोला सडकखण्ड मर्मतको काम सुरु भएको छ । पहिरोले अवरुद्ध छेपारेभीर र सोती क्षेत्रमा मेसिन लगाएर...

युद्धको मारमा परेका निर्माण व्यवसायीलाई राहत दिन सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौँ । अन्तर्राष्ट्रिय युद्ध र त्यसले निम्त्याएको आपूर्ति शृङ्खलाको अवरोधका कारण मारमा परेका निर्माण व्यवसायीहरूलाई राहत दिने उद्देश्यले सरकारले नयाँ कार्यविधि जारी गरेको छ...

भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी

२६ असोज, काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा सहजता नल्याए पर्यटकीय प्याकेज बन्द गर्ने भएको छ...

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण...

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई साेमबार नियन्त्रणमा लिइएको छ। गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु...

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७ करोड...

कञ्चनपुरमा धम्की दिँदै कुटपिट गर्ने पाँच जना पक्राउ

२६ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ रतनपुरमा धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

रुसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूका नयाँ प्रतिबन्ध

काठमाडाैँ। युरोपेली सङघ (ईयू)का विदेशमन्त्रीले रुसको सैन्य–औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब एक हजार ६०० नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । ईयूकी विदेश नीति...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

२६ असोज, काठमाडौं । नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले...

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ। टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ। घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११ नम्बरको टिपरले आज साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ निवासी...

सडकमा भिडभाड, तर व्यवसायी भन्छन् : छैन व्यापार

काठमाडौँ । बडादसैँ घरआँगनमा भित्रिसकेको छ । २५ गते घटस्थापनासँगै औपचारिक रूपमा सुरु भएको दसैँको रौनकले यतिबेला काठमाडौँका मुख्य बजारहरू भरिभराउ छन् । विगतका...

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

काभ्रेपलाञ्चोक। सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत भदौदेखि ‘हरियो कार्ड’ सहितको ‘ग्रीन टोकन’ सेवा सुरु...

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

काठमाडाैँ। भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ। प्रहरीले सोमबार दिएको जानकारीअनुसार...

ट्रम्प प्रशासनकी आलोचक सांसद इल्हान उमरको घरमा खानतलासी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्।...

विराटनगरमा भेला हुँदै मुख्यमन्त्रीहरू, सुदूरपश्चिमबाट टुंगो लागेन

विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका प्रशासनिक तथा संवैधानिक जटिलता फुकाउन र वित्तीय अधिकारका लागि संघीय सरकारलाई सामूहिक दबाब दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला...

पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमै फर्काउनुपर्नेमा जोड दिएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।