कृष्णभीरमा रुख कटान सुरु, जियोटेक्निकल टोली अध्ययनमा
काठमाडौँ । भोटेकोसीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडक खण्ड अन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटानको कार्य सुरु गरिएको छ। बाढीले सडक...
ड्रोनमा अमेरिकाको नयाँ कर
काठमाडाैँ। अमेरिकाले चीनमा निर्भरता घटाउने र स्वदेशी ड्रोन उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिहीबारदेखि ड्रोन तथा केही उपकरणमा १०० प्रतिशतसम्म नयाँ कर लागू गरेको छ।...
भदौ २२ गते चितवनसहित तीन जिल्लामा सार्वजनिक बिदा
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो।...
बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने...
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सङ्कट देखिन सक्छ : सांसद शेरचन
काठमाडौँ । सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा उत्पन्न स्वास्थ्य समस्या समाधानका लागि सरकारसँग माग गरेकी छन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको...
बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि चितवन को–ई ग्रुपको डेढ करोड सहयोग
काठमाडौं । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति चितवन को–ई ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका लागि...
रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने, सरकारलाई सघाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। बिहीबार पार्टीको...
सीटीईभीटीका परीक्षार्थीद्वारा होमसेन्टर र समान व्यवहारको माग गर्दै प्रदर्शन
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका परीक्षार्थीहरूलाई समान व्यवहार गर्न माग गर्दै विद्यार्थीहरूले सीटीइभीटी केन्द्रीय कार्यालय अघि प्रदर्शन गरेका छन्...
आफन्त चिने, शव लैजान पाएनन्
शव पहिचान भएको विश्वास हुँदाहुँदै पनि घर लैजान नपाउँदा पीडितहरू थप मानसिक पीडामा देखिन्छन्।
जलविद्युत् आयोजनाको सुरक्षा डिजाइनमै पुनर्विचार गर्नुपर्छ
'जलविद्युत् आयोजनाको लागत केही बढे पनि सुरक्षा संरचनामा खर्च गर्नुपर्छ । किनभने एउटा ठूलो विपद्मा आयोजना र त्यहाँ काम गर्ने मानिस दुवै गुमाउने अवस्था...
'तिनीहरू'लाई पाँच मिनेटको 'स्ट्याण्डिङ ओभेसन'
फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले नेपाल प्रिमियरमा पाँच मिनेट लामो 'स्ट्याण्डिङ ओभेसन' पाएको छ।
ताप्लेजुङका उत्तरी क्षेत्रमा रहेका हिमताल र हिमश्रृंखलाको जोखिम अवस्था अध्ययन गर्नुपर्ने निष्कर्ष
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका उत्तरी क्षेत्रमा रहेका हिमतालहरूको प्राविधिक रूपले अध्ययन तथा अनुसन्धान गरिनुपर्ने खाँचो औंंल्याएको छ।...
उद्योगमै पुगेर ग्यास ल्याउनुपर्ने निगमको निर्णयप्रति होटल व्यवसायीको आपत्ति
काठमाडौँ । नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने खाना पकाउने (एलपी) ग्यास काठमाडौँ उपत्यकामा नियमित रूपमा वितरण नगरी व्यवसायी आफैँले तराईस्थित बोटलिङ...
उपत्यकामा ग्यासको सहज वितरणका लागि ६ बुँदे निर्णय
कृष्णभीर पहिरोले सडक अवरुद्ध भएपछि एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्न आयल निगम र ग्यास विक्रेताहरूले ६ बुँदे निर्णय गरेका छन्।...
बाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति गर्न अमेरिकाले दियो तीन सोलार चार्जिङ ट्रेलर
सोलार चार्जिङ ट्रेलर अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्सले अमेरिकी न्याय विभागसँगको सहकार्यमा उपलब्ध गराएको अमेरिकी राजदूतावासले जनाएको छ...
बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले दियो १५ लाख ५५ हजार
१८ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ लाख ५५ हजार ५५५ सहयोग...
फिल्म ‘पेन्सन पट्टा’ सेन्सर पास
काठमाडौँ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु) प्रमाणीकरण पाएको छ । २ घण्टा ८ मिनेटको फिल्म...
रास्वपा बैठकमा रविको जोड– राजनीतिक र राष्ट्रिय सहमति कायम राख्नुपर्छ
१८ भदौ, काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले विपद्को बेलामा राजनीतिक र राष्ट्रिय सहमति कायम राखेर जानुपर्नेमा जोड दिएका छन् । बिहीबार बसेको...
बोमबहादुरले गाउँ फर्किएपछि भने- भाग्यले बाँचेर आएँ
बुटवल । एक साताअघि रसुवामा बाढी आउँदा पाल्पाका बोमबहादुर सोम बालबाल बाँच्न सफल भए । भदौ १० गते बिहान रसुवामा बाढी उर्लियो । बाढीले...
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा?
अब शिक्षकले विद्यार्थीलाई सही प्रश्न गर्न, स्रोतको विश्वसनीयता जाँच्न, प्राप्त सूचनाको आलोचनात्मक विश्लेषण गर्न र मौलिक विचार निर्माण गर्न सिकाउनुपर्छ। एआईले उत्तर दिन सक्छ,...
प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत अनुगमन
काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म नेपाली सेनाले विभिन्न क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार...
प्रधानमन्त्रीसँग नेकपा नेता वर्षमानको भेट
प्रधानमन्त्री बालेन शाहसँग नेकपाका नेता वर्षमान पुनले भेट गरेका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।