THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 22 September 2026
रातोपाटी

जापान र अमेरिकाबिचको सम्बन्ध निरन्तर अघि बढिरहेको छ : प्रधानमन्त्री ताकाइची

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री ताकाइचीले...

१२ वर्षको अनुभवपछि डा. राजन बाबुले सुरु गरे आफ्नै आकार डर्माटोलोजी

ललितपुर । डर्माटोलोजी तथा कस्मेटिक लेजरको क्षेत्रमा १२ वर्षको अनुभव संगालेका डा. राजन बाबु तझ्याले आफ्नै क्लिनिकमार्फत सेवा दिन थालेका छन् । उनले पुल्चोकमा...

इरानी राष्ट्रपति र ट्रम्पबिच भेटवार्ता हुने सम्भावनाबारे चासो

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी राष्ट्रपति मसुद पेजेस्कियान न्युयोर्क प्रस्थान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको सम्भावित भेटवार्ताबारे चासो र चर्चा...

बागलुङमा वैदेशिक रोजगारसम्बन्धी परामर्श

बागलुङ । वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि बागलुङमा स्थानीय तहबाटै परामर्श सेवा सुरु गरिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बागलुङमा...

१२ बजे १२ समाचार : थला पर्‍यो राष्ट्रिय ध्वजावाहक, चार दिनको भीषण वर्षाबाट जोगाउन के छ सरकारको पूर्वतयारी ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. थला पर्‍यो राष्ट्रिय ध्वजावाहक बडादसैँ...

सल्यानमा स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सल्यानको दार्मा गाउँपालिकामा देखिएको स्क्रबटाइफसको प्रकोप नियन्त्रण गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले भोलि बिहानसम्म...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम एडमसँग द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटवार्तामा मन्त्री...

दमकमा बस दुर्घटना हुँदा छ जना घाइते

झापा । झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै...

‘मैले आठ युद्ध रोकेँ’ : संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्पले अरू के–के गफ दिए ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनलाई सम्बोधन गर्दै आफ्नो प्रशासनले विश्वका आठ वटा युद्ध रोक्न सफल भएको दाबी गरेका...

आफ्नो भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार दृढ छ: अमिर शेख तमिम

काठमाडौँ । कतारका अमिर शेख तमिमले आफ्नो देशको भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार पूर्ण रूपमा दृढ रहेको बताएका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको...

‘फुर्केखोला’मा पुल निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग

धादिङ । धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत विच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग...

परराष्ट्रमन्त्री खनाल युएनको ८१ औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल मंगलबार बिहानदेखि सुरु संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी भएका छन् । नेपाली प्रतिनिधिमण्डलसहित उपस्थित...

मानसरोवर–कैलाश यात्रा : हिल्सा ‘ट्रान्जिट हब’ बन्दै

हिल्सालाई आकस्मिक वैकल्पिक मार्ग मात्र नभई भविष्यमा मानसरोवर–कैलाश यात्राको नियमित प्रवेश तथा आवागमनको 'ट्रान्जिट हब' बनाउन सकिने सम्भावना देखाएको पर्यटन व्यवसायीहरू बताउँछन्।

नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा बढाइचढाइ भनियो, तर प्रभाव देखियो : एन्टोनियो गुटेरेस

'जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले तिर्नैपर्छ, यसको असर परेका कमजोर देशहरूले न्याय पाउनैपर्छ, जलवायु न्याय हुनैपर्छ, धनी देशहरूले यो तिर्नैपर्छ,’ महासभामा महासचिव एन्टोनियो गुटेरेसले भने...

कृत्रिम हातखुट्टा जोड्न भारत जाँदै तीन जेनजी घाइते

नेपालमा सम्भव नहुने उपचारका लागि मेडिकल बोर्डबाट सिफारिस लिर्नुपर्ने हुन्छ । वीर अस्पतालको निर्देशक अध्यक्ष रहने मेडिकल बोर्डले तीनै जनालाई ४ भदौ २०८३ मा...

महासभा चलिरहँदा संयुक्त राष्ट्रसंघबाहिर इरानी सरकारविरुद्ध प्रदर्शन

महासभा चलिरहँदा संयुक्त राष्ट्रसंघको मुख्यालयबाहिर इरान सरकारविरुद्ध प्रदर्शन भएको छ ।

र्‍यान्समवेयर आक्रमणपछि कसरी सञ्चालनमा आउन सम्भव भयो सेयर बजार ?

'र्‍यान्समवेयरमा फिरौती माग्ने म्यासेज प्राय छाडिन्छन् । तर यसपटक हाम्रोमा त्यस्तो भएन । डेटा इन्क्रिप्ट गरेर केही पनि नचल्नेगरी राखिएको थियो,' डेटा हबका एक...

पोखराबाट फ्लाई दुबईको उडान : निराशामा आशाको दियो

संसारका धेरै देशहरूका शहरसँग जोडिएको यूएईमा फ्लाई दुबईले २३ सेप्टेम्बरदेखि पोखरामा उडान भर्ने भएपछि पोखरेलीहरू उत्साही छन् ।

युएनमा ट्रम्पको दाबी आठ युद्ध समाधान गरेँ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आफ्नो कार्यकालमा आठ वटा युद्ध समाधान गर्न भूमिका खेलेको दाबी गरेका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ...

भ्लादिमिर पुटिन : गुमनाम जासुसदेखि रुसी सत्तामा अकण्टक

सेन्ट पिटर्सबर्गको सामुदायिक फ्ल्याटमा हुर्किएका पुटिन २७ वर्षदेखि रुसको सत्ताको केन्द्रमा छन् । उनको जीवनकथाले सोभियत संघपछिको रुस कसरी बदलियो भन्ने पनि बताउँछ।

अमेरिका प्रस्थानअघि प्रधानमन्त्रीलाई अर्थमन्त्रीले दिएको पुस्तकमा के छ ?

प्रधानमन्त्री बालेनलाई बिदाइ गर्दा अर्थमन्त्री वाग्लेले एक पुस्तक उपहार दिएका छन् । उक्त पुस्तक पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’...

१० बजे १० समाचार : प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण, भ्याटबारे सरकारभित्रै मतभेद

आज २०८३ असोज ५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

विमानस्थलमा तोडे तामझाम, संसद्‌‌मा लत्याए थिति

कार्यकारी प्रमुख विदेश जाँदा विमानस्थलमा देखिने सेनाको सलामी, रातो कार्पेट, मन्त्रीहरूको लावालश्कर र फूलगुच्छाको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरे।...

‘मुक्त कमैयाको पुनःस्थापना प्रदेश सरकारको प्राथमिकतामा’

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको पुनःस्थापनाको विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्। आफ्नो समस्या समाधानको मागसहित मंगलबार मुख्यमन्त्री निवास पुगेको...

प्रदेश सरकारद्वारा दार्चुलाका विपद् प्रभावितलाई राहत सामग्री प्रदान

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँका विपद्पीडितलाई राहत सामग्री प्रदान गरेको छ। धनगढीमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले मंगलबार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।