THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
SF
सेतोपाटी

बाढीको पूर्वसूचना दिने साइरन थिएन, गाउँलेले फोन गरेरै जोगाए एकअर्काको ज्यान

उनले तल्लो भेगका फिलिम र जगतमा रहेका चार–पाँच जना आफन्तलाई फोन गरे। माथिल्लो क्षेत्रमा ठूलो आवाज आएको सुनाए र सतर्क रहन भने।

SF

विनोद चौधरीभन्दा कति मतले पछाडि छन् जीवन परियार?

‘परम्परामा आउने परिवर्तनलाई थुन्न सकिँदैन, तर इतिहास जोगाउन सकिन्छ’

परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। समयको गति र परम्परामा आउने परिवर्तनलाई रोक्न सकिँदैन।...

SF

'एक्स्ट्रिम म्युजिक सिरिज' सुरू

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

क्यानबेरामा दसैं सांस्कृतिक कार्यक्रम गरेर बाढीपीडितलाई ११ हजार डलर  

नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दसैं शुभकामना साँझ मार्फत क्यानबेरावासी नेपालीले बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्।

वीणा जोशीलाई मदन पुरस्कार प्रदान

काठमाडौँ। मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन...

चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर...

कार्ल्सबर्ग गल्फ क्लासिक तथा आरएनजीसी बर्थडे कप सम्पन्न

काठमाडौं । कार्ल्सबर्ग गल्फ क्लासिक तथा रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को १०९औँ बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा ब्रुअरीद्वारा आयोजित...

SF

४ हजारभन्दा बढी मत गन्दा कांग्रेस उपसभापति खुलातर्फ यस्तो आयो नतिजा

नयाँ पुस्ताले आन्दोलन होइन, तालिम लिनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने...

बुढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गाेरखा । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन् ।...

नेपाली बजारमा १६ सिटर ‘म्याक्सस इ-डेलिभर ५’ सार्वजनिक, मूल्य ६९ लाख ५० हजार

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्सस (MAXUS) को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा १६ सिटर क्षमताको अत्याधुनिक विद्युतीय मिनी...

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, सावधानी अपनाउन प्रशासनको आग्रह

त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

भोटेकोशी बाढीको ४७ दिनपछि गोरखाको बुढीगण्डकीमा उस्तै प्रकृतिको बाढी

भोटेकोशीमा बाढी आएको ४७ दिनपछि आइतबार बिहान गोरखाको बुढीगण्डकी नदीमा उस्तै प्रकृतिको आकस्मिक बाढी आएको छ।...

उपसभापति र महामन्त्रीको मतगणना जारी, खुलातर्फ चन्द्रकान्त भण्डारी र प्रदीप पौडेललाई बढी मत

काठमाडाैँ। ४ हजार १०० मत गणनाको विवरणअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसको...

बूढीगण्डकी बाढी : चुमनुब्रीमा स्वास्थ्य सेवाका लागि मन्त्रालय सक्रिय

बूढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्न माग

काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न...

पहिरोले बुढीगण्डकी थुनिँदा बाढीको वितण्डा

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको छ । आइतबार बिहान...

पूर्वाधारमा डेढ महिनामै प्रकृतिको तेस्रो प्रहार, अर्बौं क्षति

पहाडी भेगको नदी किनारका सडक, पुल र जलविद्युत् आयोजना निरन्तर बाढीको चपेटामा पर्दा मुलुकले डेढ महिना अन्तरमा अर्बौं रुपैयाँ बराबर क्षति बेहोर्नुपरेको हो ।

बिपी राजमार्गमा पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक । दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दसैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको...

संघीयता संस्थागत गरेका दलहरूकै कारणले कार्यान्वयनमा ढिलाइ भयो : मुख्यमन्त्री कार्की

२५ असाेज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता संस्थागत गरेका दलहरुकै ढिलासुस्तीका कारण संघीयताकाे पूर्ण कार्यान्वयनमा ढिलाइ भएको बताएका छन् । कोशी...

इच्छाकामना आधारभूत अस्पतालद्वारा सुविधासम्पन्न भवनबाट सेवा सुरु

काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार नवनिर्मित...

कांग्रेस मतगणना: उपसभापतिमा चन्द्र र विनोद तथा महामन्त्रीमा प्रदीप र डिलाको अग्रता

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको आधा मतगणना सकिँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले बलियो अग्रता बनाएका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।