THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
SF
सेतोपाटी

सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडाैँ। समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको शुक्रबार राति जानकारी दिएका हुन्।...

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुरु

रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो।...

साढे ३ घण्टापछि रिहा भए पत्रकार विश्वमणि सुवेदी

काठमाडौं । समाचार कक्षबाट पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा भएका छन् । उनी समाचार लेखेकै आधारमा शुक्रबार साँझ...

पत्रकारमाथि प्रहरी धरपकडको विपक्षमा उभियो रास्वपा (विज्ञप्तिसहित)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने प्रहरीको कार्यप्रति आपत्ति जनाएको छ ।...

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक...

सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?

नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?

सरकारले पत्रकार पक्राउ गरेर पञ्चायतकालीन अभ्यास गर्‍यो : निवर्तमान अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।...

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ।

दुई महिनामै सिँचाइ र नदी नियन्त्रणका १०२ बोलपत्र आह्वान

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सिँचाइ विस्तार तथा नदी नियन्त्रणका लागि १०२ वटा बोलपत्र आह्वान भएका छन् । ऊर्जा, जलस्रोत...

पत्रकार महासंघका महासचिव दाहालसहितको टोली नयाँ पत्रिका कार्यालयमा

काठमाडौँ । नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेपछि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालसहितको टोली त्यहाँ पुगेको छ। पत्रकार नवराज मैनालीलाई साइबर...

SF

पत्रकार पक्राउको विरोधमा महासंघका पूर्वपदाधिकारीले मौन धर्ना दिने

सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा अन्य पत्रकारलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको घटनाको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा...

नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री बालेन शाहले चासो दिएका छन्।

पत्रकार पक्राउको नेता दुलालले गरे विरोध, बिनासर्त रिहाइको माग

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलगायतलाई समाचार कक्षबाटै पक्राउ गरिएको तथा...

SF

पत्रकार पक्राउ गरिएको विषयमा रास्वपाले माग्यो सरकारको जबाफ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई पत्रकार पक्राउ प्रकरणमा सरकारको जबाफ माग गरेको छ।

SF

पत्रकारमाथि धरपकड गरिएको घटनामा सेन्टर फर मिडिया एड्भोकेसीको आपत्ति

‘आज प्रेसमाथि भएको हस्तक्षेप भोलि आम नागरिकको बोल्ने, लेख्ने र प्रश्न गर्ने अधिकारमाथिको हस्तक्षेप बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

पत्रकार पक्राउप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।...

दुई वर्षमै ५० करोड डलरको कारोबार गर्ने कर्मचारीलाई कम्पनीले दियो करोडौंको लेम्बोर्गिनी

कम्पनीको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा चाभेजलाई २०२६ को उत्कृष्ट प्रदर्शनकर्ता घोषित गरिएको थियो। उनी ट्रफी लिएर स्टेजबाट फर्किन लाग्दा कम्पनीका संस्थापक तथा...

रविजी तपाईंको पार्टी नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आउनथाल्यो : रक्षा बम

रक्षाले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ ।’

कांग्रेसमा समानान्तर गतिविधि तीव्र: देउवा समूह जिल्ला अधिवेशनमा सक्रिय

पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।...

पत्रकार पक्राउको विरोधमा महासङ्घका पूर्वपदाधिकारीले शनिबार मौन धर्ना दिने

काठमाडौँ। पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर धरपकड गरिएको विरोधमा नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्...

पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजियो : कांग्रेस महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको टिप्पणी गरेका छन्।...

SF

पत्रकारलाई धम्क्याउने र पक्राउ गर्ने कार्य तत्काल बन्द गरियोस्- राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले समाचारको स्रोत खुलाउन पत्रकारलाई दबाब दिने, धम्क्याउने तथा प्रहरी लगाएर पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।

राप्रपा सांसद ओलीको प्रश्न- अब सरकारको परिभाषामा लोकतन्त्र भनेको ताली बजाउने व्यवस्था मात्रै हो ?

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले पत्रकार सञ्चारगृहलाई निशाना बनाउने काम भएको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत...

कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस्

प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने उल्लेख गर्दै उनले आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।