Tag: #Kulman

कुलमानको ‘उज्यालो’ मा रास्वपाको ‘ निलो लहर’: काठमाडौं-३ मा घिसिङ स्तब्ध
मुख्य

कुलमानको ‘उज्यालो’ मा रास्वपाको ‘ निलो लहर’: काठमाडौं-३ मा घिसिङ स्तब्ध

काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को अन्तिम मतपरिणाम अनुसार उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । लोडसेडिङ अन्त्य गरेर जनताको मन जितेका पूर्व ऊर्जामन्त्री घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले ७ हजार ५ सय ८६ मतान्तरले पराजित गरेका हुन्। यस निर्वाचनका मुख्य विवरणहरू: चुनावी नतिजा: रास्वपाका पाण्डेले १८,७५७ मत प्राप्त गरी विजयी हासिल गरे भने घिसिङले ११,१७१ मत प्राप्त गरे । सद्भावपूर्ण स्वीकारोक्ति: पराजयपछि घिसिङले पाण्डेलाई सफल कार्यकालको शुभकामना दिँदै आफूलाई विश्वास गर्ने मतदाताहरूप्रति आभार व्यक्त गरेका छन् । राजनीतिक यात्रा: घिसिङले निर्वाचनमा सहभागी हुनका लागि अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टी को नेतृत्व सम्हालेका थिए। असफल गठबन्धन: निर्वाचन अघि रास्वपा र घिसिङको ...