यूएन पार्क अगाडिको एक भवनमा आगलागी
२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो । केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । अहिले आगलागी नियन्त्रणका लागि दमकलहरू आइपुगेका छन् ।
सारांश लम्बाइ: ~51 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →