THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

१० बजे १० समाचार : बाढीले खोस्यो दसैँको खुसी, १० जना राजदूतमा अनुमाेदित, समावेशी कोटामा अर्बपतिको कब्जा

आज २०८३ असोज २८ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।

झापामा उपभोक्ता हितविपरीत काम गर्ने ५ व्यवसायीलाई ५ लाख १५ हजार जरिवाना

झापा । झापामा उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक...

कास्कीमा ‘अपरेसन ३६५’: वर्षदिनमा ८९८ मोटरसाइकल र २९ चालक कारबाहीमा

कास्कीमा ध्वनि प्रदूषण गर्ने, स्वरूप परिवर्तन गरिएका र सडकमा आतंक फैलाउने ८९८ वटा मोटरसाइकललाई प्रहरीले एक वर्षको अवधिमा कारबाहीको दायरामा ल्याएको छ।...

‘हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिन्छ’

ढल र फोहोर पानीको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण तथा प्राकृतिक बहाव संरक्षण गर्न सके भक्तपुरको हनुमन्ते नदीलाई पुनर्जीवन दिन सकिने वातावरणविद्हरूले बताएका छन्।...

हिमाली बस्तीसम्मै पुगे पशु प्राविधिक, विकट क्षेत्रमा खोरेतविरुद्ध खोप

समुद्र सतहबाट ४ हजार २०० मिटर उचाइसम्म पुगेर सञ्चालन गरिएको शिविरमा पशुको स्वास्थ्य परीक्षण, स्थलगत उपचार तथा परामर्श दिनुका साथै खोरेत रोगविरुद्धको खोप अभियानसमेत...

बेलकाको धानखेतमा कोशी टप्पुको वयस्क हात्ती मृ’त फेला

उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकामा बयस्क हात्ती मृत फेला परेको छ। सुनसरी र उदयपुरको सीमानजिकै बेलका नगरपालिका १ को बानडाँडास्थित स्थानीयको खेतमा जंगली हात्ती...

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद सुनार

अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।

यौन दुर्व्यवहारका आरोपीलाई कालिमाटी प्रहरीले छाडेको घटनाबारे जाँचबुझ हुँदै

काठमाडौँ। किशोरीलाई यौन दुर्व्यवहार गर्ने आरोपीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेर छाडेको घटनाबारे छानबिन थालिएको छ । असोज ९ मा ४० वर्षका भारतीय नागरिक...

गंगालक्ष्मी अवाल कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा गंगालक्ष्मी अवाल निर्वाचित भएकी छिन् । उनी आदिवासी जनजाती (महिला) क्लस्टरबाट निर्वाचित भएकी हुन् । भक्तपुरबाट...

‘अडियो प्रकरणमा पीडितलाई विश्वासमा लिएर अनुसन्धान गर्नुपर्छ’

फरक-फरक अपराधमा हदम्याद पनि फरक हुन्छ। कतिपयमा दुई वर्ष र कतिपयमा २० वर्षसम्म पनि हुन सक्छ। घटना पुरानो भए पनि सार्वजनिक त अस्ति मात्रै...

काठमाडौंमा भित्रिए भेडा, च्यांग्रा (फोटो फिचर)

दसैं लागेसँगै काठमाडौंमा पनि च्याङ्ग्रा, भेडा, खसी, बोका काठमाडौं भित्र्याइएको छ।

हिउँ पग्लिँदै छ, जोखिमको नक्सा पनि बदल्नुपर्छ

पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन,...

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित

सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५...

१५ ग्राम लागुऔषध मेथाम्टेमाइन सहित ५ जना पक्राउ

काठमाडौँ। काठमाडौँको माछापोखरीस्थित एक गेस्टहाउसबाट प्रहरीले लागुऔषध आईस ‘मेथाम्फेटामाईन’ सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा नौकुण्ड घर भएका ३२ वर्षीय...

शक्तिशाली सरकारको सिफारिसमाथि संसदीय सुनुवाइको ‘क्रसचेक’

संसदीय सुनवाइ समितिले शक्तिशाली सरकारले गरेको राजदूत सिफारिसलाई हुबहु अनुमोदन गरेन । समितिले आफ्नो ओज राख्दै गम्भीर प्रश्न उठेका दुई जनाको नाम अस्वीकार गर्‍यो...

डिगर : टम क्रुजले किन उठाए आफ्नो करिअरकै सबैभन्दा ठूलो जोखिम ‍?

हिमखण्डको कथा आफैँमा भयावह छ । तर, जलवायु परिवर्तन र एल निनोसम्बन्धी समाचारसँगै राखेर हेर्दा यसले उठाएका प्रश्नहरू वास्तविक संसारबाट धेरै टाढा छैनन् ।

पोखराको घोषणा विराटनगरमा दोहोरियो, थपियो संविधान संशोधनको एजेन्डा

सरकारको नीति तथा कार्यक्रमको शैलीमा सार्वजनिक भएको सम्मेलनको निष्कर्ष बोकेर मुख्यमन्त्रीहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने तयारी छ ।

कांग्रेस खुला केन्द्रीय सदस्यमा क–कसले बनाए अग्रता (सूची)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ४ हजार १ सय मत गणना हुँदा...

फेसबुकमा टिप्पणी गरेको आरोपमा सुनाइएको मृत्युदण्डको फैसला उल्टियो

श्रीलंकाली सरकारका अनुसार कूटनीतिक र कानुनी प्रयासपछि अदालतले मृत्युदण्डको फैसला बदर गरेको हो।...

बाढीले गहिरो घाउ लगायो, भविष्यको चिन्ताले चहर्‍याउँदैछ

तीन तहका सरकारले बिर्सिँदै जान थालेपछि अस्थायी सेल्टरमा बसोबास गरिरहेका बाढीपीडितको चिन्ता बढेको छ । उनीहरूलाई अनिश्चित भविष्यले पिरोलेको छ ।

साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु

नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर...

उम्मेदवार छनोटमा रास्वपाको मापदण्ड, नेताको खल्तीबाट बाँडिने छैन टिकट

रास्वपाले कार्यकर्ताको मतबाट उम्मेदवार छान्ने ढोका खुला राखेको छ । तर यो मापदण्डमा १५ प्रतिशत उम्मेदवार नेतृत्वले विशेषाधिकार प्रयोग गरेर छान्ने झ्याल पनि राखिएको...

राष्ट्र बैंक प्रतिवेदन : स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल

केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल भएको देखाएको हो ।

डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?

डेढ महिनामा कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ भने कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।