THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
नागरिक न्युज

अमेरिकामा सबैभन्दा ठुलो स्टिल प्लान्ट बनाउन लागेको भारतीय समूह कुन हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा १५ अर्ब डलर लगानीमा अमेरिकाकै सबैभन्दा ठूलो स्टिल प्लान्ट निर्माण गर्ने योजना घोषणा गरेका छन्।...

दार्चुला अस्पताल भवनको निर्माण कार्य पुस मसान्तमा सम्पन्न गर्ने तयारी 

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्पन्न भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ ।

गंगा कोइराला नवलपुर–१ ‘क’ को सहसचिवमा सर्वसम्मत

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ अधिवेशनअन्तर्गत गण्डकी प्रदेश नवपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’को सहसचिवमा गंगा कोइराला सर्वसम्मत निर्वाचित भएकी छन्। मंगलबार सहसचिवमा सर्वसम्मत निर्वाचित...

गृहमा प्रशासनिक हेरफेर: केही जिल्लाका सिडिओ फेरिए, केही मन्त्रालय तानिए (सूचीसहित)

गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका आठ जना अधिकृतहरूको सरुवा तथा पदस्थापना गरेको छ।...

सकियो ८ दिन लामो इन्द्रजात्रा (तस्वीरहरू)

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ८ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ । मङ्गलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले...

रित्ता घरको अर्थशास्त्र, माटोमा मिल्दैछ १० खर्ब

एउटा घर निर्माणमा सरदर २ लाख रुपैयाँको हिसाब लगाउने हो भने नेपालमा झण्डै १० खर्ब लगानीको भौतिक संरचना प्रयोगविहीन छ । यो संरचना हरेक...

बाढीमा ड्राइभरहरू बग्दा घरैपिच्छे बज्रपात

रसुवागढी–काठमाडौं सडकमा गाडी चलाएर परिवार धान्ने चालकहरू भोटेकोसी बाढीमा ठूलो संख्यामा बेपत्ता भए। उनीहरूका परिवारमा कोही आफन्तको खोजीमा छन्, कोही ऋण र छोराछोरीको भविष्यको...

फर्से बजार : गुल्जार बन्दै थियो, कालीगण्डकीले तहसनहस पार्‍यो

फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर...

फुलकोर्टमा प्रधानन्यायाधीशमाथि आक्रोश : ३ महिनामै न्यायालय कसरी सुपरस्टोरजस्तो बन्यो ? 

न्यायाधीशहरूले प्रधानन्यायाधीश शर्मालाई चोलेन्द्रसँगको सम्बन्धबारे त सोधे नै, विशेष अदालत लगायतका केही अदालतहरू सुपरस्टोरजस्तै बनेको भन्दै त्यसको कारण खोज्नुपर्ने माग समेत गरेका छन् ।

धरौटीमा रिहा हुने आदेश पाएका शंकर अग्रवाल थुनामा

काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुने आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ । विशेष अदालतका...

ओबामा र बाइडेनको मजाक उडाइरहन्छन् ट्रम्प

बाइडेनविरुद्ध ट्रम्पको व्यङ्ग्य सुनेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसेका थिए; जसको भिडियो ह्वाइट हाउस र मिडियामार्फत सार्वजनिक भयो। मिडियाहरूले यसलाई सीको दुर्लभ हाँसोका रूपमा...

चाडबाडको मुखमा चीनसँगका तीनवटै नाका ठप्प : व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी

दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला...

चोलेन्द्र प्रकरणमा सर्वोच्चको आपत्तिपछि प्रधानन्यायाधीश र आइजिपीबीच ‘वान-अन-वान’ वार्ता

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएलगत्तै प्रधानन्यायाधीश र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बीच भेटवार्ता भएको छ।...

वरीयताका आधारमा अघि बढ्ने नियमले एसोसिएट टोलीलाई सधैं निराशा

मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?

छ दिनदेखि अवरुद्ध करिडोर अझै खुलेन

अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबारदेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको...

आईपीओ मापदण्ड : प्रतिसेयर नेटवर्थ १ सय हुनुपर्ने व्यवस्था कति व्यावहारिक ?

नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि सामान्य योग्यतासम्बन्धी निर्देशिका तयार गर्दैछ । यसको मस्यौदाअनुसार प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँभन्दा कम भएका कम्पनी...

अर्थतन्त्रको आँखाबाट बालेन सरकारको ६ महिना : के आशा गर्ने, कति आशंका ?

काठमाडौँ । सुशासनको नारासहित संसदको झण्डै दुई तिहाइ ल्याएको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । चैत १३ गते गठन...

सुदूरपश्चिममा बजेटको सिलिङ घट्यो, कार्यक्रम परिमार्जन गर्न अन्योल

‘भदौ मसान्त’को भाका नाघेपछि मुख्यमन्त्री र मन्त्रीहरुले ‘छिट्टै बजेट ल्याउँछौं’ भन्ने शब्दावली प्रयोग गर्न थालेका छन् तर कति छिटो हो भन्ने यकिन छैन ।...

दुई दशकपछि इराकबाट अमेरिकी सेना बाहिरिँदै, इरानको प्रभाव बढ्ने जोखिम

बगदाद । इराकमा दुई दशकभन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट पनि बाहिरिन लागेको छ । अमेरिकी सेनाको बहिर्गमनलाई इरान र...

विराटनगरमा राष्ट्रियस्तरको 'विराट क्रिकेट लिग कर्पोरेट संस्करण' आयोजना हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र...

SF

एसियन गेम्स : ५ हजार मिटर दौडमा मुकेशको नयाँ राष्ट्रिय रेकर्ड, अरू सबै खेलमा हार

२० औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नाला सफाइ गरी पानीको निकास खुलाइयो

पर्सा । वीरगञ्ज महानगरपालिकाका तीन वटा वडामा चार वर्षदेखि निकास हुन नसकेको नालालाई निकास दिइएको छ । महानगरले लामो समयदेखि नाला अवरुद्ध हुने समस्या...

युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न मातहतका शैक्षिक संस्थालाई निर्देशन

काठमाडाैँ । रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले मङ्गलबार विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहन...

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

अनुसन्धानका क्रममा मृतककी माइली बुहारीको संलग्नता रहेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।