THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
रातोपाटी

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण...

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ ।...

चेकियालाई ३-१ ले हराउँदै स्पेन शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले चेकियामाथि ३–१ गोल अन्तरको सहज जित निकालेको छ । स्पेनको जितमा लामिन यामाल,...

राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ । फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा...

पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

कास्की । पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक...

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ...

फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाखभन्दा...

मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन् । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि...

परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गरेका छन् । फिजी र टुभालुमा यही अक्टोबर ५...

१२ बजे १२ समाचार : चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धिदेखि समाजवादी जागरण अभियानको ‘गोप्य’ भेलासम्म

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. दिपक भट्टको जेल सरुवा...

SF

रविले भने– बालेनसँग मेरो फाटो छैन, औंठाछाप लगाउनुपरे पनि तयार छु

केही समययता प्रधानमन्त्री र पार्टी सभापतिको सम्बन्ध चिसिएको चर्चा र शंका–उपशंकाबीच लामिछानेले शनिबार केन्द्रीय समिति बैठकमा आफूहरूबीच कुनै फाटो नआएको दाबी दोहोर्‍याएका हुन्।

इंग्ल्याण्डको सानदार प्रदर्शन, क्रोएसिया ७-० ले स्तब्ध

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत शनिबार भएको समूह ‘सी’ को खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ७–० को फराकिलो र प्रभावशाली जित दर्ता गरेको छ ।...

दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु

काठमाडौँ । दसैँ, तिहारलगायतका ठुला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी...

भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

कास्की । पोखराको पुरानो सामाजिक संस्था सिद्धार्थ क्लबले गत भदौ १० गतेको भोटेकोशी बाढी पीडितका लागि रु पाँच लाख २० हजार ३३६ सहयोग गरेको...

एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौँ । सियोलले प्योङ्याङले व्यालेस्टिक मिसाइल परीक्षण गरेको केही घण्टापछि उत्तर कोरियाले एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको पुष्टि गरेको...

विराटनगरको रङ्गमञ्चमा ‘समर लभ’ : पहिलो दिनमै दर्शकको बाक्लो उपस्थिति

विराटनगर । चर्चित उपन्यासकार सुविन भट्टराईको सर्वाधिक लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित नाटक विराटनगरस्थित वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा शनिबारदेखि...

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दाबी

काठमाडौँ । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको...

फ्लाईदुबई विमान दुर्घटनाग्रस्त हुनबाट जोगाउने दुई ‘रहस्यमयी’ पाइलटबारे यात्रु के भन्छन् ?

उनका अनुसार हरेक उडानमा दुई अतिरिक्त पाइलट सवार हुँदैनन्। तर उक्त उडानमा ती दुई पाइलटलाई पछि तेल अभिभबाट दुबई फर्किने विमान सम्हाल्नुपर्ने भएकाले सँगै...

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम । यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १०...

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

पाेखरा । स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरू गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म यस्ता ८...

कांग्रेस कास्की ३ को सभापतिमा प्रकाश बराल निर्वाचित

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार बरालले २ सय १९...

ह्वाइट हाउसको सञ्चार टोलीमा नयाँ अनुहार

वासिङ्टन डीसी । ह्वाइट हाउसले २४ वर्षीया रिपोर्टर बेनी रे हार्मनीलाई प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी बनाएको छ । उनी ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट...

विमान कब्जामा लिन खोज्ने अल–हमामीको सामाजिक सञ्जालमा अल–कायदाका नेताका तस्बिर

काठमाडौँ । इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानभित्र सहकर्मी पाइलटमाथि आक्रमण गरेर विमान नियन्त्रणमा लिन खोजेको आरोप लागेका पाइलट हमाम अल–हमामीबारे थप गम्भीर विवरण...

बालेनलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई आगामी ५ वर्षका लागि प्रधानमन्त्रीका रुपमा स्वीकार्न आफू तयार रहेको बताएका छन्।...

बेगनास तालमा डुबेर युवकको मृ’त्यु, २५ फिट तलबाट निकालियो श’व

पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।