THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
SF

शेखर कोइरालाले गरे पार्टीभित्रका तीन समूहका नेताहरूसँग छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र रहेका तीन वटा समूहमा रहेका नेताहरूसँग आज कुराकानी गरेका छन्।

गैरसरकारी विधेयक टेबुल नभएपछि सदन अवरुद्ध

सुर्खेत। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गरेका छन् । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गरेका हुन् ।...

SF

भोटेकोशी-त्रिशूली बाढीका कारण बीमा कम्पनीमा २६ अर्बको दाबी अनुमान

रसुवा भोटेकोशी र त्रिशूलीमा बुधबार १० गते आएको बाढीको कारण बीमा कम्पनीहरूमा करिब २६ अर्ब रूपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान छ।

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

१६ भदौ, विराटनगर । रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीको असर पर्यटनमा, अगस्टमा घटे पर्यटक

१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनासकारी बाढीपछिको असर पर्यटक आगमनमा देखिएको छ । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५...

SF

४० जना पढ्ने टिमुरेको स्कुल, प्रधानाध्यापक भन्छन्– बाढीपछि मैले २ जना मात्र देखेको छु

गोसाइँकुण्ड गाउँपालिका-२ मा रहेको 'नेपाल राष्ट्रिय बेसिक स्कुल' नामको त्यो विद्यालयको कुनै पनि संरचना अहिले बाँकी छैन।

उद्धारका लागि एमालेले तोक्यो नेताहरूको जिम्मेवारी : केन्द्रीय टोली नुवाकोट र रसुवा जाँदै

काठमाडौँ । नेकपा (एमाले) ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री संकलन, वितरण र पुनर्स्थापनाका लागि एमालेले पार्टीका सचिव महेश बस्नेतको संयोजकत्वमा...

चिनियाँ र रुसी कम्पनीले चलाउँदै आएका भेनेजुएलाका तेल क्षेत्र टेकओभर गर्दैछ अमेरिकी कम्पनी

कारकास । अमेरिकी तेल कम्पनी नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स (एनएबीईपी)ले भेनेजुएलाका केही महत्त्वपूर्ण तेल क्षेत्रको सञ्चालन जिम्मा लिने भएको छ । तीमध्ये केही...

उद्धार र राहतमा स्थानीय तहलाई बेवास्ता गरिएको भन्दै अधिकारकर्मीको असन्तुष्टि, संसदीय समिति गठन गर्न माग

लाङटाङ हिमालको हिमचट्टान फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत र पुनर्स्थापना कार्यमा संघीय सरकारले स्थानीय तहलाई बेवास्ता गरेको भन्दै नागरिक...

प्रधानमन्त्री देवी प्रकोप उद्दार कोषमा केल्मी नेपालको १५ लाख सहयोग

१६ भदौ, काठमाडौं । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा...

पूर्व यातायातले बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

पूर्व यातायात व्यवस्थापन प्रालिले रसुवा बाढी प्रभावित क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढी : जुम्लाका २८ जना सम्पर्कमा आए

रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म २८ जना सम्पर्कमा आएका छन् ।

अगस्टमा भित्रिए ८५ हजार ४४४ विदेशी पर्यटक

काठमाडौं । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८०...

उद्धार र राहतको अनुगमन गर्न संसदीय विशेष समिति गठनको माग गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले विपद्‌पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उद्धारमा अन्तर्राष्ट्रिय सहयोग : आनाकानीपछि स्वीकृति, कस्तो छ सरकारको निगरानी ?

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जनधनको ठुलो क्षति पुर्‍याएको छ । यसको उद्धार, खोजी तथा राहतका लागि हाल अन्तर्राष्ट्रिय सहयोग...

SF

सुरूङमा फसेकाहरूको उद्धार गर्न ४४ सदस्यीय कोरियाली टोली आउँदै

यसअघि पनि कोरियाले उद्धारमा खट्न चाहेको थियो तर सरकारले अनुमति नदिँदा उद्धारमा संलग्न हुन पाएको थिएन।

शेखर कोइरालाद्वारा तीनवटै समूहमा रहेका नेताहरूसँग छलफल

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तीनवटै समूहमा रहेका नेताहरूसँग छलफल गरेका छन् । पूर्वसभापति शेरबहादुर देउवाको समूहले आह्वान...

पिकलबलमा सुवर्णलाई दोहारो उपाधि

१६ भदौ, काठमाडौं । हार्दिक फिटनेस २९ औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन बनेका छन् । पुल्चोकमा...

नेकपाले गठन गरेको ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ ले कसरी काम गरिरहेको छ ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि उद्धार, राहत तथा व्यवस्थापनका लागि बागमती प्रदेशको इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा गठन...

सभामुखले एक महिनाको तलब विपद् उद्धार कोषमा जम्मा गर्ने

सभामुख डीपी अर्यालले रसुवा बाढीपिडीतका लागि एक महिनाको तलब दिने भएका छन्।

त्रिशूली-३ ‘ए’ मा ‘ड्रिलिङ’ गरिँदै, लेदो र पानी निकाल्न ‘गली कटिङ’

भोटेकोशी बाढीका कारण प्रभावित भएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य मंगलबार बिहानैदेखि तीव्र पारिएको छ।...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।