THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 15 October 2026
SF
सेतोपाटी

तमु प्ये ल्हु संघ यूकेद्वारा बाढीपीडितलाई २६ लाख ५० हजार सहयोग

तमु प्ये ल्हु संघ यूकेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत दिन २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

दसैँ बिदामा पनि काठमाडौँ जिल्ला अदालत खुल्ने, यस्ता छन् प्रवाह हुने सेवाहरू (सूचनासहित)

काठमाडौँ । विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुल्ला रहने भएको छ। काठमाडौँ जिल्ला अदालत बबरमहलले एक...

‘दृश्यम ३’ को कीर्तिमानी कमाइ, अजयको करिअरमै पहिलो पटक ५०० करोडको आँकडा पार

मुम्बई । अभिषेक पाठकको थ्रिलर चलचित्र ‘दृश्यम ३’ ले विश्वभर ५०० करोड भारतीय रूपैयाँभन्दा बढीको व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यो अभिनेता...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ।...

दृश्यम कि अभिनेत्री श्रिया : अडिसनकै लागि छाडेकी थिइन् बिहे

श्रिया सरनका आमाबुबा छोरीले पढाइ पूरा गरेपछि मात्र अभिनय क्षेत्रमा प्रवेश गरोस् भन्ने चाहन्थे। तर, एउटा म्युजिक भिडियोले उनको जीवनको दिशा नै बदलिदियो ।...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

काठमाडौँ । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । पछिल्लो केही...

दसैँ मनाउन उपत्यकाबाट दुई लाख ६२ हजार यात्रु बाहिरिए

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।

शुक्लाफाँटा निकुञ्ज पीडितले बुझाए सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२९ असोज, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडितहरूले आवास, जग्गा, क्षतिपूर्ति पाउनु पर्ने माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्ष पीडित...

विवादको घेरामा ‘हेरा फेरी ३’, फिल्म कहिल्यै नबन्ने निर्देशक प्रियदर्शनको दाबी

मुम्बई । ‘हेरा फेरी ३’ को घोषणा भएदेखि नै यो बहुप्रतीक्षित हास्यप्रधान चलचित्र लगातार विवादमा जेलिँदै आएको छ। अभिनेता परेश रावलको टोलीबाट बाहिरिने र...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको...

SF

दसैंपछि सात ठाउँमा मञ्चन हुने मण्डला थिएटरको ‘फर्किने बाटो’ (तस्बिरहरू)

स्वास्थ्य सचेतना, स्वास्थ्य बीमा र सामाजिक समावेशिताका विषय समेटिएको नाटकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका स्थानीय कथा, संस्कृति तथा स्वास्थ्यसम्बन्धी चुनौतीलाई प्रस्तुत गरेको छ।

होर्मुजमा मालवाहक जहाज डुब्यो, अनुसन्धान हुँदै

आईआरजीसीको नौसेनाले होर्मुजमा बनाएको समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको छ।...

SF

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

दसैंलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ।

खाद्य व्यवस्था कम्पनीको सीईओका लागि ३ जनाको नाम सिफारिस

२९ असोज, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीन जनाको नाम सिफारिस भएको...

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा...

खगेन्द्र सुनारले पठाए पार्टी अनुशासन आयोगलाई लिखित जवाफ, के हुन्छ बाँकी प्रक्रिया ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३...

दिल्लीमा इन्टरनेट र मेट्रो सेवा रोकिएकोमा सरकारले माग्यो माफी, आज सर्वोच्च अदालतमा सुनुवाइ

भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा बन्द गरिएको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ।...

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका सदस्यसचिव...

प्रकाश रसाइली : दलित अधिकार अभियन्ता, कांग्रेसका सहमहामन्त्री

दलित क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित रसाइली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमबाट पदाधिकारी बन्ने एक्ला नेता हुन् । उनी कांग्रेस पदाधिकारीमा समावेशी कोटाबाट निर्वाचित...

धरानमा हिउँदमा खानेपानी अपुग

राणाशासनको समयमै उपत्यकापछि सहरी उपभोक्तालाई लक्षित गरेर व्यवस्थित खानेपानी वितरण र व्यवस्थापन गरिएको सहर धरान भए पनि हिउँदमा पानी अभाव हुने गरेको छ।...

धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको...

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह

वाग्लेले नेपालले भोगेको प्रकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन्।...

कलंकी अन्डरपास सफाइ र रङरोगन धमाधम  (तस्बिरहरू)

काठमाडौँ । दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ। सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।