माथिल्लो त्रिशूली-१ मा ६ जनाको शव भेटियो, रसुवागढीमा उपकरण नै पुर्याउन सकिएन
बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४३३ जना कार्यरत थिए । ती हालसम्म ८७६ जनाको उद्धार गर्न भइसकेको छ । अझै ५५१...
तिनाउमा सिग्नेचर ब्रिज हाल्न १ अर्ब ७० करोड बढी लागतमा सम्झौता
सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएको हो।
सहयोगी सुरक्षा निकायहरूबिचको विवाद ‘अस्वीकार्य’ : जेलेन्स्की
किएभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबिच भएको आपसी आक्रमणको आलोचना गरेका छन् । उनले उच्च पदस्थ अधिकारीहरूको बर्खास्त...
रसुवा बाढीको १० दिन : सरकारले के गर्यो, फिल्डमा के छ ?
बाढीबाट प्रभावित विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी सुरक्षाकर्मीसँगै खटिने स्वयमसेवकहरूको चरम अभाव देखिएको अनुभाव सुनाउँछिन्।
स्वीकृत विदेशी लगानीको साढे २९ प्रतिशत मात्रै भित्रिन्छ, लाभांश फिर्ता ४० अर्ब
१९ भदौ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएकोमध्ये २९ प्रतिशत मात्र भित्रिने गरेको पाइएको छ । पछिल्लो २५ वर्षमा उद्योग विभागबाट स्वीकृति...
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश– सुरक्षित भविष्यका लागि लागिरहेका छौं
१९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् । सामाजिक सञ्जालमा नानीबाबुहरूलाई सम्बोधन...
संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
जुन साढे सात अर्ब भन्दा बढी नेपाली रुपैयाँ हुन आउँछ ।
विनाशकारी बाढीको १०औँ दिन : हेलिकप्टरबाट यस्तो देखियो त्रिशूली किनारको दृश्य
नुवाकोट। अहिले त्रिशूली नदीको बहाव साविकझैँ शान्त देखिन्छ । तर नदी जति शान्त देखिन्छ, यसको किनारको रूप भने त्यति नै कुरूप र उराठलाग्दो छ...
ग्यास अभावले बन्द हुने अवस्थामा काठमाडौंका होटल-रेस्टुरेन्ट
पर्यटक भनेको महत्त्वपूर्ण आर्थिक आधार हो, नेपाललाई माया गरेर आउने पर्यटकले यहाँ आएर खाना खान पाएनन् भने नेपालको छवि के हुन्छ ?
टाटा केमिकल्सलाई केन्याबाट हटाइँदै, नयाँ दुई लगानीकर्ता ल्याउने तयारी
नैरोबी । केन्याका राष्ट्रपति विलियम रुटोले भारतको प्रमुख औद्योगिक समूह टाटाअन्तर्गतको टाटा केमिकल्सलाई देशबाट बाहिरिन निर्देशन दिएका छन्। केन्याले प्राकृतिक स्रोतबाट पर्याप्त लाभ लिन...
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, नवलपरासी पश्चिम, सुनसरी, कैलाली, सुर्खेत र सर्लाही...
‘बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ’
'चीनसँग सन् २०१९ मा नौबुँदे एमओयू गर्दा नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्कालीन गोदामघरको सम्झौता थियो, आजसम्म कार्यान्वयन नहुँदा मूल्य चुकायौं।'
विराटनगरको सडकमा हिँडिरहेका छात्रालाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ
विराटनगर । विराटनगरमा सार्वजनिक स्थलमा सडकमा हिँडिरहेका विद्यालय पोशाकका दुई युवतीलाई अभद्र व्यवहार गर्ने दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर...
‘भूकम्पबाट उठेका थियौं, बेत्रावतीलाई फेरि उठाउँछौं’
‘बेत्रावती रहनैपर्छ । हामी राख्छौँ । योगेशले भने, ‘बेत्रावती छोडेर अर्को ठाउँमा बस्ने भनियो भने स्वीकार्य हुँदैन । बेत्रावती त्यहीँ चाहिन्छ । पहिलेको जस्तै...
मोरङ कारागारमा कैदीबन्दीबिच झडप : अभिषेक गिरीका १९ ‘आदेशपालक’ अन्यत्र सारिँदै
विराटनगर । मोरङ कारागारको ‘बी’ ब्लकभित्र झडप भएपछि प्रहरीले १९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। उक्त समूहलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको कारागार...
कुन जलविद्युत् आयोजनामा कसरी भइरहेछ उद्धार प्रयास ?
सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । खोजीका क्रममा २१६ घण्टापछि नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट...
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने...
संसारले सास रोकेर पर्खेको चमत्कार
जब शुक्रबार बिहान त्रिशूली थ्री एको सुरुङको भित्रपट्टि ‘हेलो’ सुनियो, नेपाली उद्धारकर्ताहरुसँग संसारलाई सुनाउन लायक चामत्कारिक सफलता अनि आशाको खबर थियो ।
‘ठूलो सफलता हात लाग्यो, विपद् उद्धारमा नेपालीले गर्नसक्छ भन्ने प्रमाणित भयो’
बराल भन्छन्, 'रातदिन काम गर्यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।'
विपद् सारथी : हेलिकप्टर
नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नुवाकोटको बट्टारमा हेलिबेस स्थापना गरेको छ । ती दुई बेसमा पछिल्लो १० दिनमा हरेक दिन दर्जनौं सफल उद्धार...
सासको आस छैन, शव भेट्न उस्तै हैरानी
रसुवा बाढीमा बेपत्ता आफन्त खोज्दै काठमाडौंका अस्पताल पुगेका सन्तोषी र आशाजस्ता धेरैका आँखामा आफन्त जीवित भेटिने आशा बाँकी छैन। बरु प्रियजनको शव फेला पार्न...
भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।...
रसुवा बाढी : बेपत्ता मामा-भाञ्जा फर्कने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि
मनसरोवर यात्रीको गाइडको रूपमा पहिले पनि काम गरेका कारण अनोज घरमा बस्नुभन्दा आमाको उपचार खर्च जुट्ने आशाका साथ मामा सोमनाथसँगै मानसरोवर यात्रामा गएका थिए...
इन्टरनेटविहीन त्रिशूलीपारि : सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि डरलाग्दा अफवाहको बाढी
हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन...
टेबल टेनिस खेलाडी योङगी र इभाना थाइल्यान्डमा विशेष प्रशिक्षण लिँदै, अर्को टोली मलेसिया प्रस्थान
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। उनीहरूले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।