THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
SF
सेतोपाटी

साउदीको सरकारी तेल कम्पनी अरामकोको मुख्य प्रशासनिक भवनमा मिसाइल हमला

रोयटर्सका अनुसार अरामकोको मुख्य परिसरमा ब्यालिस्टिक मिसाइल प्रहार भएको थियो।

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म...

कहाँ हराइन् ज्योति मगर ?

‘कस्तो ध्यान गर्न मन लागेको छ यसरी नै आँखा चिम्म गरेर…।’ केही दिनअघि उनले एउटा समसामयिक विषयमाथि कटाक्ष गर्दै यही वाक्य लेखेकी थिइन् ।...

गंगामा डुंगा दुर्घटना हुँदा १३ बालबालिकाको ज्यान गयो

डुंगामा सवार अन्य सात जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू खतरामुक्त छन्।...

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३...

SF

उदयपुरको बेलकामा जंगली हात्ती मृत फेला

बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृतावस्थामा फेला परेको छ।

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद

पोखरा । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद...

दुई पुल बगाउँदा अवरुद्ध सडक अझै खुलेन

बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध भएको सडक अझै खुलेको छैन।

सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

एसिया–प्रशान्त क्षेत्रीय समूहबाट सबैभन्दा बढी मत पाउँदै नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित भएको छ ।

बारामा दुई बसको ठक्करबाट ईभी चालक घाइते

रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ उनासी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई बसको ठक्करबाट ईभी चालक घाइते भएका छन् । बुधबार बिहान करिब ३ बजे भएको...

तरकारी खेतीले उज्यालियाे मायाको परिवार

मायाको कृषि व्यवसायमा सफलताको सबैभन्दा ठूलो उपलब्धि भनेको छोराको शिक्षा हो।

SF

आदिवासी जनजाती तर्फ कांग्रेस सहमहामन्त्रीको मतगणना अन्तिम चरणमा

बिहानसम्म ६ हजार ९९५ मत गणना सकिएको छ।

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार

२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड...

भरतपुरको राजमार्गसहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ...

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको मिलन दसैँ, तिहार, छठ तथा नेपाल संवत्ले गराउँदैछ।...

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको अग्रता कायमै

काठमाडौँ। नेपाली कांग्रेसको दलित कलस्टरको सहमहामन्त्रीमा प्रकाश स्नेह रसाइलीले अग्रता लिएका छन्। १६०० मत गन्दा स्नेहीले १०५६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर...

SF

दुई वर्षदेखि दसैंको माहोल बनाइरहेको 'आउँथ्यो दसैं', यसरी फुराएका थिए हेमन्तले

दुई वर्षअघि सार्वजनिक भएको हेमन्त शर्माको 'आउँथ्यो दसैं' यसपालि पनि दसैंको माहोलमा गुञ्जिरहेको छ। युट्युबमा दैनिक करिब ८० हजार भ्युज पाइरहेको गीत बालबालिकादेखि पाका...

‘कसम, पैसाको लागि फिल्म बनाएको’ कबड्डी निर्देशकको स्वीकारोक्ति

तपाईंलाई ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक’ भन्ने कबड्डी फिल्म त पक्कै थाहा छ । तर त्यसका पछाडि उभिएर यसको खाका...

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ कसलाई कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको मतगणना ३०२१ सम्पन्न भएकाे छ । सबैभन्दा धेरै मत डा.

उपभोक्ताले हरेक प्याकेट किन्दा जासुस बन्नु पर्दैन

एउटा चिह्न देखेर ग्राहकले धेरै कुरा सम्झन्छ। पहिलेको अनुभव, स्वाद, गुणस्तर, मूल्य र विश्वास सबै त्यही चिह्नसँग जोडिएको हुन्छ।...

वयस्क जंगली हात्ती धानखेतमा मृ`त भेटियो

कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए।...

कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसीको अग्रता कायमै, पछ्याउँदै जगदीशचन्द्र पोखरेल

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा. केदार नरसिंह...

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा...

SF

विषय विज्ञतर्फ कांग्रेस केन्द्रीय सदस्यमा को-को छन् अगाडि?

३०२१ मत गणना हुँदा केसी १३८ मत ल्याएका छन्।

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।