THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 30 September 2026
रातोपाटी

बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण

बाजुरा । बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित...

‘दोस्रो गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्ड २०८३’को मनोनयन सार्वजनिक

काठमाडौँ । गलबन्दी म्युजिक प्रालिको आयोजनामा हुन गइरहेको ‘दोस्रो गलबन्दी फिल्म्स एण्ड म्युजिक अवार्ड २०८३’को विभिन्न विधाका उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ।...

SF

महाकालीले बगायो दोधारा र भीमदत्त जोड्ने झोलुङ्गे पुलको पिलर

सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुङ्गे पुलको पिलर महाकालीको बाढीले बगाएको छ।

चितवनमा गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते

चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।

राप्ती नदीको तटबन्धले जोगियो तटीय बस्ती

१४ असोज, राँझा । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी...

अर्बौं लगानीको गौतमबुद्ध विमानस्थल सुनसान : शाह सरकारले नियमित उडान सुरु गर्ने आशा

मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ।...

नेतन्याहुको यूएई भ्रमणपछि इरानको चेतावनी– क्षेत्रीय अस्थिरता निम्त्याउने गतिविधि रोक्नू

१४ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणपछि इरानले मध्यपूर्वका देशहरूलाई क्षेत्रीय अस्थिरता निम्त्याउने गतिविधिबाट बच्न चेतावनी दिएको छ...

दसैँ, तिहार र छठमा यातायात व्यवस्थित गर्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौँ । दसैँ, तिहार, छठ लगायतका नजिकिँदै गरेका चाडपर्वहरूमा यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउन संघीय संसदको पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित...

SF

अदालत 'न्यायको मन्दिर' कि शक्ति–सम्बन्धको अखडा?

चोलेन्द्र शमशेरको पक्राउले फेरि त्यही पुरानो प्रश्न उठाएको छ— नेपालको सर्वोच्च अदालत व्यक्ति बदलिँदैमा बदलिएको छ कि शक्ति–सम्बन्धको पुरानै चक्रमा घुमिरहेको छ? २०४७ सालपछि...

SF

दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने

'त्यो खण्ड पनि सुरक्षित छ। दुइतर्फी नै सवारी सञ्चालनमा छ,' प्रजिअ पाण्डेयले भनिन्।

राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

बाँके । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि...

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध, काठमाडौँको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको...

बाढीपछि लामाखेतबासीको चिन्ता : घर छाड्ने कि जोखिम मोलेर बस्ने ?

बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिए।...

चीनतर्फका तीनवटै व्यापारिक नाका ठप्प: अर्बौंका गाडी सडक र नाकामै अलपत्र

बाढीपहिरोका कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका र सडक अवरुद्ध भएपछि अर्बौं रुपैयाँ मूल्यका सवारी साधन सडक र भन्सार नाकामै अलपत्र परेका छन्।...

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ।...

विद्यालयमा नारायणीको बाढी सफा गर्दै शिक्षक र विद्यार्थी (तस्बिरहरू)

चितवन । गत असोज ८ देखि चार दिनसम्म भएको वर्षा र नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा क्षति...

वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सर्लाही । हरिवन नगरपालिका–४ सासापुर निवासी महमद अकबर अन्सारी पछिल्ला दिन गोलभेँडा (टमाटर) बारीमा व्यस्त छन् । उमेरले चार दशक लागेका उनका लागि खेतीपाती...

गैरसरकारी क्षेत्र अब कस्तो बन्ने ?

गैरसरकारी संस्था नियमनलाई प्रशासनिक प्रक्रिया र कागजी अनुमतिमा सीमित नराखी परिणाम, पारदर्शिता र सार्वजनिक जवाफदेहितासँग जोड्न आवश्यक छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो

१४ असोज, संखुवासभा । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे...

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर नाघ्यो

अमेरिका । ईरानमाथि लगाइएको प्रतिबन्ध हटाउने सम्भावनालाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अस्वीकार गरेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ। मध्यपूर्वी मुलुकहरूबाट...

ट्रान्सफर्मर र मोटर चोरीले समस्यामा किसान

सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।...

अमेरिकामा रहेका आप्रवासीलाई तेस्रो देश पठाउन तत्कालका लागि खुल्यो बाटो 

तल्लो अदालतले रोक लगाएको तेस्रो देशमा निर्वासनसम्बन्धी नीतिलाई अस्थायी रूपमा पुन: कार्यान्वयन गर्न अमेरिकी सर्वोच्च अदालतले अनुमति दिएको छ ।

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ।

SF

नारायणी किनार– नगरपालिका बनाउँछ, नदी बगाउँछ

'अब हामीले नारायणगढ बजारको चिन्ता लिने हो । हाटबजारझैँ गरिने मेला महोत्सवको चिन्ता लिने होइन,' उनले भने।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।