THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026
नागरिक न्युज

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।...

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

मधेस प्रदेशसभा शनिबार दिउँसो १ बजे आह्वान

जनकपुर। मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ बजेदेखि बस्नेगरी आह्वान गरिएको छ । मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्)को शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न...

नवनियुक्त चार न्यायाधीशले गरे पदवहाली

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूले पदवहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण...

मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले...

न मापदण्ड, न पूर्वाधार : सडकमा अनियन्त्रित ईभीको रफ्तार

काठमाडौँ । बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय (ईभी) माइक्रोबस मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत चिसापानी ओरालोमा दुर्घटना हुँदा १४ जनाको...

पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी

काठमाडाैँ। पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा पछिल्लो १० दिनमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ७४ जना लडाकु मारिएको जनाएको छ। सेनाले...

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत दिने प्रदेश सरकारको निर्णय

धनुषा । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै...

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ। छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ।...

स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य

काठमाडौँ।​ स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि...

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह

गण्डकी। जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको । शुक्रबार...

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा...

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।...

पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

पोखरा। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ। तिहारको भोलिपल्ट कात्तिक २६ गते...

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था...

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन् जन्मदिन

पुन्टुरीलाई राष्ट्रिय झण्डामा सजाएर जन्मदिन मनाउनुको उद्देश्य हात्तीप्रतिको माया मात्र देखाउनु थिएन। उनीहरू पनि हाम्रो नेपाली पहिचान र सम्पदाको हिस्सा हुन् भन्ने सन्देश दिन...

सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति

नेपालमा आदिवासी जनजातिको जनसंख्या ३४.८७ प्रतिशत छ । तर सार्वजनिक सेवामा प्रतिनिधित्व भने २३ प्रतिशत हाराहारी मात्रै छ ।

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र...

बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर। बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको...

आलोचना हटाउन मोदीको दबाबपछि सोनियाले फेरेकी थिइन् प्रकाशक

यद्यपि पेन्गुइन र्‍यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता 'छलफलहरू सामान्य' रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न 'इच्छुक र उत्सुक नै रहेको' दाबी...

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।