THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 18 September 2026
रातोपाटी

धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण

काभ्रे । धुलिखेल नगरपालिका–२ ठाडोखोला मूलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । नेपाल विज्ञान तथा...

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ- बुटवल–गोरुसिङ्गे सडक निर्माण निर्धारित...

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरण तथा कृषकलाई राहत उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबाट...

संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास

धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको सङ्गम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका–३ मा पर्ने...

सांसदलाई जस लिने चटारो : तातोपानी नाका खुलाउने नाममा राजनीतिक स्टन्ट

काठमाडौँ । उत्तरी छिमेकी देश चीनतर्फको सडक मर्मतका कारण अवरुद्ध तातोपानी नाका खुलाउन सांसद भारतप्रसाद पराजुलीले परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । चीन सरकारले...

भोटेकोशी बाढी : नुवाकोटका दुई हजार परिवारको आवासमा क्षति

नुवाकोट । गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहमा बसोबास गर्दै आएका एक हजार नौ सय...

नेपालगञ्जमा भारोत्तोलन प्रतियोगिता सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि ‘प्रथम मेयर राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप’ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राष्ट्रियस्तरको प्रतियोगिताले...

निश्चलनाथ पाण्डे : बाबुको कूटनीतिक विरासत बोकेका प्राज्ञिक व्यक्ति

रमेशनाथ पाण्डे बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि मात्र होइन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पनि प्रभावशाली राजनीतिक भूमिकामा देखिएका व्यक्ति हुन्।

विदेश घुम्न क्यान पदाधिकारीको हानथाप

खेलाडीको भिसा, टिकट, बसाइँ, खाना र यातायातदेखि आयोजकसँगको समन्वयसम्मको जिम्मेवारी पाउने ‘टिम म्यानेजर’ मा क्यानकै पदाधिकारीको पालैपालो विदेश यात्रा हुने गरेको छ । स्थायी...

फोहोरलाई मोहोरमा बदल्दै सरकार

सरकारले फोहोरलाई मोहोरमा बदल्ने योजना बनाएको छ । यससम्बन्धी विधेयक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

१३ राजदूत सिफारिस : प्राज्ञिक विज्ञता र समावेशीतालाई प्राथमिकता

यसपटक राजनीतिक कोटाबाट नियुक्ति हुने राजदूतहरूमा विगतमा जस्तो राजनीतिक दलमा खुलस्त सहभागी भएका नेताहरू छैनन् । १३ जनाको नियुक्ति सिफारिसमा समावेशीता पनि देखिएको छ...

सेयर आपूर्ति घटाउने ‘बाइ ब्याक’ होला कार्यान्वयन ?

‘बाइ ब्याक’को व्यवस्था लागु हुँदा सेयरको आपूर्ति घट्न जान्छ र यसले कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन समेत मद्दत पुग्छ ।

११ वर्षे यात्रामै संविधानमाथि किन उठ्दैछन् यति धेरै प्रश्न ?

संविधानविद् डा. विपिन अधिकारीका अनुसार संवैधानिक प्रबन्धभन्दा बाहिर गएर आन्दोलन र आतंकबाट माग पुरा गर्न खोज्ने प्रबृत्ति झाँगिएको छ । यही प्रबृत्तिले नै संविधानमाथि...

जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मनास्लुमा आमरण अनसन

गोरखा । जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन सुरु गरेका छन् । चुमनुब्री गाउँपालिका–१...

‘नयाँ सरकारले संविधानको लिक छाडेको मैले देखेको छैन’

पार्टीभित्रको किचलो अन्त्य हुनुपर्छ। अन्त्य गर्ने वैधानिक प्रक्रिया पनि छ, राजनीतिक प्रक्रिया पनि छ। त्यो प्रक्रिया पूरा गर्लान् भन्ने अपेक्षा छ।

बालेनले जेनजी सांसदलाई सोधे : संसद् बैठक पुरानै ढर्राको भयो, नयाँपन ल्याएको खै ?

अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न...

जलवायु अनुकूलनका लागि नेपालले के गर्‍यो ?

नेपाललाई जलवायु परिवर्तनको असरबारे पहिल्यै जानकारी थियो ? थियो भने के के तयारी गर्‍यो ? वा गरेन ?

मौलिक हक : संविधानमा छ, व्यवहारमा छैन

कानुन र नियमावली बनिसकेपछि पनि मौलिक हक प्राप्त गर्न नसके कानुनी उपचार खोज्न सक्ने व्यवस्था संविधानको धारा ४६ मा छ । जसले मौलिक हक...

अपर त्रिशूली-१ को सुरुङबाट १८ शव निकालियो

भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेलापरेका छन् ।

उच्च र जिल्ला अदालतमा १३२ न्यायाधीश थप्न सुझाव

काठमाडौँ। अदालतहरूमा मुद्दाको चाप अत्यधिक बढेपछि उच्च र जिल्ला अदालतहरूमा गरी कूल १३२ जना न्यायाधीशको दरबन्दी थप गर्न प्रस्ताव गरिएको छ । ‘उच्च तथा...

२२ लाख धरौटी बुझाउन नसकेपछि किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ जेल चलान

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् ।...

१० बजे १० समाचार : राजदूत नियुक्तिदेखि ओली कार्डको तरङ्गसम्म

आज मिति २०८३ साल असोज महिनाको २ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार...

अमेरिकामा मध्यावधि निर्वाचनको अग्रिम मतदान सुरु

अमेरिका । सन् २०२६ को अमेरिकी मध्यावधि निर्वाचनका लागि शुक्रबारदेखि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ । आगामी नोभेम्बर ३ मा हुने निर्वाचनले अमेरिकी...

बाढी प्रभावित क्षेत्रबाट सेनाले गर्‍यो ४ हजार १९५ जनाको हवाई उद्धार

बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ३...

फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

काठमाडौँ । दुबईको राष्ट्रिय एयरलाइन्स ‘फ्लाइ दुबई’ ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान गर्ने घोषणा गरेको छ । सो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।