THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 20 September 2026
रातोपाटी

बाढीले क्षतिग्रस्त पिमलटारको झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट । १० भदौको विनाशकारी बाढीले क्षतिग्रस्त तारकेश्वर गाउँपालिका–२ पिमलटार र बेलकोटगढी नगरपालिका जोड्ने झोलुङ्गे पुल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिशूली वारपारको...

SF

जेनजी आन्दोलनमा ध्वस्त पारिएको भाटभटेनीको टंगाल स्टोर सोमबारबाट सञ्चालनमा आउने

जेनजी आन्दोलन क्रममा भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर सोमबारबाट सञ्चालनमा आउने भएको छ।

नयाँ टियागो ईभीको विशेष अफर, जोडी–फुल्ली ईभीमा आकर्षक अफर

ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ।...

भोटेकोशी बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।...

हिमाली संकटलाई जलवायु न्याय र अन्तर्राष्ट्रिय जिम्मेवारीको राजनीतिक मुद्दा बनाउनुपर्छ: सापकोटा

४ असोज, काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीको वन, वातावरण तथा जलवायु विभागका प्रमुख माधव सापकोटाले हिमाली संकटलाई सामान्य विपद् व्यवस्थापनको मामिलाभन्दा माथि उठेर जलवायु न्याय...

सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा

सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मनासलु आधार शिविरमा युवाहरूको अनशन स्थगित

गोरखास्थित मनासलु हिमालको आधार शिविरमा युवाहरूले गरेको अनशन स्थगित भएको छ।

पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते 

पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पारी चालकसहित अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

एमाले कार्यदलको प्रतिवेदनबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने

काठमाडौँ। नेकपा एमालेको दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा 'बादल'ले पेस गरेको प्रतिवेदन...

‘टिमुरेमा बीउ मात्र बाँकी छौँ’

‘बाढी गोलीभन्दा बेगको थियो । संयोगले बाँचेको हुँ । सपना जस्तो लाग्छ,’ तामाङ भदौ १० लाई बिर्सन चाहन्छन् ।

मधेसबाहेक प्रदेशमा आइतबार राति चट्याङसहित मध्यम वर्षा हुने

काठमाडौँ । पछिल्लो केही समययता सक्रिय रहेको मनसुनी वायुका कारण देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान...

विपद् प्रभावित बालबालिकाका लागि ठेचोमा ‘स्याहार योजना’ कार्यान्वयनमा

योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ।...

रसुवा बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

बाढीपीडितका लागि क्यानबेरामा १५ हजार डलर संकलन, अस्ट्रेलियाली कलाकारको पनि साथ

नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा करिब १५ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग जुटाइएको छ।

पाल्पामा फोर्स गाडी सडकबाट खस्यो, ६३ वर्षीया वृद्धाको मृ’त्यु

पाल्पाको तानसेन नगरपालिका-८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ।...

प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका जाँदै

काठमाडाैँ । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह मंगलबार अमेरिका प्रस्थान गर्ने भएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन...

SF

'महाराजा २' बन्दै, हलिउड रिमेकबारे विजयको यस्तो चाहना

अभिनेता विजय सेतुपतिले दोस्रो भाग बन्ने पुष्टि गरेका हुन्।

SF

भारतको गाउँमा बसेर माइक्रोसफ्टलाई टक्कर दिने श्रीधर

अर्बौं डलर मूल्यांकन गरिएको कम्पनीका संस्थापकको जीवन कुनै चम्किलो प्रविधि उद्यमीको जस्तो देखिँदैन। गाउँमा उनी साधारण कमिज र लुंगी जस्तो पहिरनमा देखिन्छन्। साइकल चढेर...

रसुवा बाढीपछि नेपाली समुदायसँग अस्ट्रेलियाका गभर्नर–जनरलको ऐक्यबद्धता

नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिक र परिवारप्रति अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनले ऐक्यबद्धता जनाएकी छन्।

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम, तस्बिरहरू

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ। आइतबार दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात...

भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ।

डोल्पाको त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार भेटी गायब

४ भदौ, डोल्पा। जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा रहेको श्री बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार...

रसुवा बाढीमा बेपत्ता बिमितको दाबी लिन १२ वर्ष पर्खनु नपर्ने

बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो । मुलुकी देवानी संहिता २०७४...

बाँकी रहेका वडामा कांग्रेसको अधिवेशन सोमबार हुने

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत जारी वडा अधिवेशन प्रक्रिया केही जिल्लामा सोमबार पनि निरन्तर रहने भएको छ। असोज ३ गतेबाट देशभर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।