THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 18 September 2026
रातोपाटी

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। नवनियुक्त सदस्यहरूमा डा.

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ । मन्त्रालयले शिक्षामन्त्रीका प्रमुख सल्लाहकार...

बालेनले जेनजी सांसदलाई सोधे : संसद् बैठक पुरानै ढर्राको भयो, नयाँपन ल्याएको खै ?

अढाइ घण्टा चलेको बैठकमा सुरुमै प्रधानमन्त्रीले जेनजी सांसदलाई सोधे, ‘मैले तपाईंहरूको अपेक्षा कत्तिको पूरा गर्न सकेको छु ? के मैले तपाईंको पुस्तालाई प्रतिनिधित्व गर्न...

भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

चितवन । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन गरिएको भरतपुर–देवघाटस्थित स्थानमा स्मृति उद्यान निर्माण गरिने भएको...

यसवर्षमा एक लाख युवालाई ‘जब म्याचिङ’मार्फत देशभित्रै रोजगारी दिन्छौं : श्रममन्त्री यादव

यस चालु आर्थिक वर्षमा जब म्याचिङमार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब

चालु आव साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट २३ अर्ब ५८ करोड बराबर कर्जा प्रवाह भएको छ ।

SF

आजका तस्बिर- असोज २

हिमाली जनजीवन रक्षाको माग गर्दै मनास्लु बेसक्याम्पमा १० जनाले थाले आमरण अनशन

उत्तरी गोरखा चुमनुव्री गाउँपालिका–१ सामागाउँ बस्ने धावा नुर्वु लामा नेतृत्वको १० जनाको टोली शुक्रबारबाट समुद्री सतहबाट ४ हजार ८ सय मिटर उचाइमा अनशन बसेका...

असोज ३ र ४ गते हुने वडा अधिवेशनमा उत्साहप्रद रूपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसले असोज ३ र ४ गते देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा...

करार कर्मचारीको तलब रोकिएपछि गढीमाईमा १८ दिनदेखि तालाबन्दी

रौतहटको गढीमाई नगरपालिकामा कार्यरत करार कर्मचारीहरू तलब–भत्ता माग गर्दै १८ दिनदेखि आन्दोलनमा छन्।...

फिलिपिन्सको विद्यालयमा गोली चल्यो, दुई विद्यार्थीसहित तीन जनाको मृत्यु

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य केही विद्यार्थी घाइते भएका छन् ।

मौलिक हक : संविधानमा छ, व्यवहारमा छैन

कानुन र नियमावली बनिसकेपछि पनि मौलिक हक प्राप्त गर्न नसके कानुनी उपचार खोज्न सक्ने व्यवस्था संविधानको धारा ४६ मा छ । जसले मौलिक हक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाबिच ई–रिसोर्स साझेदारी

दाङ । उच्च शिक्षामा डिजिटल सिकाइ, अनुसन्धान तथा शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाबिच...

‘ओली कार्ड’ले एमालेमा तरङ्ग : पार्टी फुट्ने हल्लादेखि प्रचण्डसँग एकतासम्म !

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन’ फिर्ता वा पुनर्लेखन गर्न फेरि दबाब दिएका...

नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिएका छन्।...

कोशी प्रदेशका २३२ अधुरा योजना सम्पन्न गर्ने व्यवसायीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पत्र गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रदेश...

पूर्वप्रधानसेनापतिदेखि विज्ञसम्म सरकारले छानेका १३ देशका राजदूत को कस्ता ?

भारतदेखि अमेरिका, चीनदेखि जापान र खाडी मुलुकसम्मका लागि सिफारिस गरिएका व्यक्तिहरूको अनुभव र विज्ञता फरक–फरक छन्।...

चोभारमा विश्वकर्माको विसर्जन (तस्वीरहरू )

विश्वकर्मा पूजा गर्नेहरूले विश्वकर्मा भगवानको प्रतिमालाई काठमाडौंको चोभारस्थित बागमती नदीमा पूजा गरी विसर्जन गरेका हुन्।

तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा सङ्गीना वैद्य

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वरिष्ठ तेक्वान्दो प्रशिक्षक सङ्गीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ । तालिम तथा प्रशिक्षण विभागको...

विदेशी विनिमय सञ्चिति साढे ३९ खर्ब, २१ महिनाको वस्तु आयात धान्ने

यो बचत गत असारको तुलनामा १.२ प्रतिशत धेरै हो ।

बङ्गलादेशका अलीले कर्णालीबाट एनपीएल खेल्ने

काठमाडौँ। बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले शुक्रबार सामाजिक सञ्जालमार्फत उनलाई...

संखुवासभामा पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ अल्फाटेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बागमतीमा मन्त्रिपरिषद् विस्तार

शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।...

SF

भारतमा अर्थमन्त्री वाग्लेले जोड दिएको कनेक्टिभिटी र लगानी, कोसँग केके भयो छलफल?

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।