अडानीलाई उछिन्दै टिकटकका मालिक झाङ यिमिङ बने एसियाकै धनी व्यक्ति
काठमाडौँ । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका नयाँ तथ्यांकअनुसार ४३ वर्षीय झाङले...
निक्षेपको ब्याजदर घट्ने क्रममा ब्रेक : असोजमा ४ बैंकले घटाए, १६ वटाको यथावत्
काठमाडौँ । लामो समयदेखि निरन्तर ओरालो लागिरहेको वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने क्रममा असोज महिनामा आएर ब्रेक लागेको छ । २० वटा वाणिज्य बैंकले...
‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने
काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्। ग्रिन आर्ट्स मिडिया प्रालिले...
बाढी पीडितलाई एबी ग्रुपको साढे ५ लाख सहयोग
विराटनगर । उद्योगी भीम घिमिरे र उनकी श्रीमती अजिता घिमिरे सञ्चालक रहेको एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशी बाढी पीडितका लागि ५...
बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो: सांसद घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीका बेला वैदेशिक सहयोग अस्वीकार गरेर सरकारले अहंकार देखाएको आरोप...
भोटेकोशी बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत्मा सहुलियत
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ।...
मक्कातर्फ आएको हुथी ड्रोन खसालेको साउदीको दाबी, मुस्लिम राष्ट्रले गरे आक्रमणको निन्दा
साउदी अरबले इस्लाम धर्मको सबभन्दा ठूलो तीर्थस्थल मक्कातर्फ आएको यमनको हुथी विद्रोहीले ड्रोन खसालेको दाबी गरेको छ।
न्यायिक पदलाई राजनीतिक पुरस्कार बनाउन मिल्दैन: नेपाल बार
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद्को केही काम-कारबाहीका विषयमा न्यायिक सुशासनमा प्रश्न उठेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता...
नयाँ पुस्ताले सरकारसँग भाषण होइन, परिणाम खोजेको छ : निश्कल राई
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन्...
शिक्षक र कर्मचारीमाथिको विभेद अन्त्य गर्न माग
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षक तथा कर्मचारीका लागि ल्याएको प्रोत्साहन भत्तासम्बन्धी व्यवस्थामा गैरस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूलाई वञ्चित गर्न खोजिएको...
जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण...
बाढीले मात्रै होइन, ऋणले पनि डुबाउँदै छ सुकुमवासी बस्तीलाई
अकस्मात् दर्किने पानीपछि आउने बाढीले नदी–खोला किनारामा बस्ने सुकुमवासीलाई जुनसुकै बेला उठीवास लगाउँछ । त्यसपछि घर बनाउन, मर्मत गर्न र जीवन धान्न थप ऋण...
वाद–प्रतिवाद छाडेर सरकार राष्ट्र निर्माणमा लागोस् : सांसद देवकोटा
काठमाडौँ । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले सरकारका मन्त्रीहरूलाई सामाजिक सञ्जालमा हुने वाद–प्रतिवादभन्दा काम र परिणाममा केन्द्रित हुन आग्रह गरेकी छन्। राष्ट्रिय सभाको बुधबारको...
‘ग्रेजोन’ को रिपोर्टबारे रवि– विश्वसनीयता नभएको कुरामा समय खेर फाल्दिनँ, पढ्दिनँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘ग्रेजोन’ मा आएको रिपोर्टको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। उनले उक्त रिपोर्टबारे आफू अनभिज्ञ रहेको...
विश्वकर्मा पूजाको अवसरमा रोहिणी गाउँपालिकामा बिदा
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाले विश्वकर्मा पूजाको अवसरमा बिहीबार (असोज १ गते) स्थानीय बिदा दिएको छ । गाउँपालिकाले असोज १ गते गाउँपालिका, गाउँ कार्यपालिकाको...
चार वर्षदेखि अलपत्र सूर्यविनायक–धुलिखेल सडकका पुल पूरा गर्न लामाको माग
काठमाडौँ। सूर्यविनायक–धुलिखेल सडकखण्डमा पर्ने तीन वटा पुलको निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको भन्दै सांसद डा. राम लामाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि...
फिजीमा एचआईभी सङ्कटकाल घोषणा, ६० मध्ये एक वयस्क सङ्क्रमित रहेको अनुमान
फिजी । प्रशान्त महासागरको सानो देश फिजीले एचआईभी सङ्क्रमण तीव्र रूपमा बढेपछि राष्ट्रिय स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ। लागूऔषधको बढ्दो प्रयोग, असुरक्षित यौनसम्पर्क, कम...
बाढीपहिरोको बहानामा बजारमा कालोबजारी र कृत्रिम अभाव : कारबाही गर्न उपभोक्ता मञ्चको माग
काठमाडौँ । बाढी र पहिरोको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर चिन्ता व्यक्त गरेको छ । मञ्चको २१औं...
रसुवागढीसम्मको सडक खुलाउन चीन, भारत र अमेरिकाबाट बेलीब्रिज ल्याइँदै
काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारु गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको...
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका भोजराज न्यौपाने दोषी ठहर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकको जागिर खाएको अभियोग लागेका भोजराज न्यौपाने विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।