रसुवा बाढीमा बेपत्ता भएकी प्रमिलाकाे कुशको पुतला बनाएर दाहसंस्कार
सल्यान । रसुवाको भोटेकोशीमा आएको बाढीका क्रममा बेपत्ता भएकी सल्यानको बागचौर नगरपालिका–८, गैरागाउँ निवासी प्रमिला बुढाथोकी (बस्नेत) को धार्मिक विधिअनुसार आज दाहसंस्कार गरिएको छ । बाढीपछि उनको भौतिक शरीर फेला नपरेपछि हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको पुतला बनाई अन्तिम संस्कार गरिएको हो । दाहसंस्कारका क्रममा उनका कान्छा छोराले विधिवत् प्रक्रिया अनुसार दागबत्ती दिएका छन् । यसअघि उनका श्रीमानको कोभिडका कारण मृत्यु भएको थियो ।
सारांश लम्बाइ: ~65 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →