THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
रातोपाटी

प्रधानमन्त्री दैवी उद्धार कोषमा विगेन नेपालको २६ लाख ११ हजार सहयोग

काठमाडौँ। भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विगेन नेपालले २६ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध...

संसद्‌मा ढलेका सांसद खड्काको अवस्था सामान्य

प्रतिनिधि सभाको बैठकमा रिङ्गटा लागेर ढलेका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य रहेको छ।

उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने

१७ भदौ, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध...

कुन आयोजनामा कति जनशक्तिले गर्दैछन् उद्धार कार्य ?

काठमाडौँ । विदेशी विशेषज्ञसँग नेपालले विभिन्न पाँच वटा आयोजनामा उद्धारको काम गरिरहेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार...

भदौ २३ गते सार्वजनिक बिदा, जेन-जी शहीद दिवस मनाइने

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मान र स्मरणमा आगामी भदौ २३ गतेलाई जेन-जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।...

भोटेकोशी बाढीपीडितलाई चर्चित सेफ टंक सापकोटाले पठाए ५१ लाख रुपैयाँ

सापकोटाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ हजार युरो अर्थात् ५१ लाख ११ हजार एक सय ५१ रुपैयाँ सहयोग गरेका हुन्।...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

रास्वपा सचेतकको आग्रह- नागरिकमा राज्य साथमा छ भन्ने अनुभूतिमा कहिल्यै शंका नउठोस्

‘हामीले विपद्पछिको उद्धारमा देखाएको तदारुकताजस्तै पूर्वतयारी र नीतिगत कार्यान्वयनमा पनि उत्तिकै दृढता देखाउनु पर्छ,’ सचेतक परियारले भने, ‘नागरिकलाई राज्य हाम्रो साथमा छ भन्ने अनुभूतिमा...

सहसचिव नारायण भट्ट सचिवमा बढुवा

काठमाडौँ। सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बढुवा गर्दै कोशी प्रदेशको मुख्यसचिवका रूपमा पदस्थापन गरेको सरकारका...

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानी गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य (एसडीजी)लाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल...

विदेशी नागरिकको प्रश्नः ‘हाम्रा मान्छे बारे केही सूचना छ?

लाङटाङ क्षेत्रको पदयात्रामा गएका र तिब्बतको कैलाश मानसरोवर यात्रामा हिडेका धेरैजना धार्मिक पर्यटक यही बाढीको चपेटामा परेका थिए। बाढीको चपेटामा परेका पर्यटक सम्पर्कविहीन भएपछि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद् आउँदा हाम्रो पहिलो प्राथमिकता स्वाभाविक रूपमा जीवन बचाउनु हो। बाढी, पहिरो वा डुबानका बेला उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, खाना, पानी, औषधि र आश्रयको...

भोलिदेखि लगातार ५ दिन बिदा

भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा परेको छ।

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ। सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै...

SF

बाढी पीडितका लागि उठाइएको राहत दुरूपयोग हुँदैन- रास्वपा प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बाढीपीडितका लागि उठाइएको राहत रकम दुरुपयोग नहुने बताएका छन्।

रसुवा बाढीले भारत पनि डराउनु पर्छ !

नेपाल र भारतबीच सीमा पार भएर बग्ने नदीका कारण नेपालमा हुने अत्यधिक वर्षा र बाढीको असर भारतीय भूभागसम्म पुग्ने भएकाले भारतका विभिन्न राज्यसमेत उच्च...

सांसद केसीको प्रश्न : ग्रीन आर्मी भनेको के हो ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पछिल्लो समय चर्चामा आएको ग्रीन आर्मीको वैधानिकता र स्वरूपमाथि सरकारसँग प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभाको विशेष...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बेपत्ताको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सरकारको ध्यानाकर्षण

सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।...

राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति

निर्णयअनुसार जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। यसका लागि विश्वविद्यालयले ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ।...

रसुवा बाढी : भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।

विनाशकारी बाढी : खोज तथा उद्धारको काममा प्राविधिक शक्ति बढाउन सांसद पुनकाे माग

काठमाडौँ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले रसुवा बाढीका कारण सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारको काम प्राविधिक स्रोत र शक्ति बढाएर गर्नुपर्ने...

SF

फास्ट ट्र्याकको सबभन्दा लामो सुरूङ 'ब्रेक थ्रु'

काठमाडौं तराई फास्ट–ट्र्याकको सबभन्दा लामो सुरूङ 'ब्रेक थ्रु' भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।