अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
नारायणी नदीमा आएको बाढीले पानी जहाज बगायो, पुलमा अड्कियो
काठमाडौँ। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२, बोटेटोलस्थित होटल रिभर क्राउनको पानी जहाज (क्रुज) नारायणी नदीमा आएको तीव्र बहावले बगाएको छ। आइतबार साँझ करिब ५ः४० बजे...
शिवम् सिमेन्टले वितरण गर्यो अपांग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री
केदारनाथमै अस्ताए धर्म, शव घर ल्याउनसमेत पैसा छैन
धनगढी । बझाङका धर्मबहादुर खड्काको जीवनमा मजदुरी नै परिवार पाल्ने आधार थियो । आफ्नै गाउँमा पर्याप्त रोजगारी थिएन । घरको आर्थिक अवस्था पनि कमजोर...
विराटनगर महानगरकाे सभापतिमा कार्की र गिरीबिच प्रतिस्पर्धा, सचिवमा सर्वसम्मत
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत अधिवक्ता विकास थापाका...
मुगुबाट जडीबुटी खोज्न गएका एक जनाको हिउँले पुरिएर मृ’त्यु, दुई अझै बेपत्ता
जडीबुटी संकलनका लागि घरबाट निस्किएका १३ जनामध्ये १० जना भने सकुशल सम्पर्कमा आएका छन्।
प्रहरी कार्यालयमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका १२ घण्टा
‘बालुवाटारको पर्दाभित्र बसेर यस्ता हर्कत गर्नुलाई ‘रुल अफ ल’ भनिँदैन । यस्ता गैरकानुनी आदेशलाई पनि प्रहरीले मान्नुपर्छ भन्ने छैन । यही बेला हुने हो...
काठमाडौँ उपत्यकामा छोइनसक्नु महँगी, किसानको तरकारी भने कुहिँदै
काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोले यतिबेला सिङ्गो देशको जनजीवन अस्तव्यस्त बनाएको छ । केवल भौतिक संरचना र मानवीय...
नारायणी पुल अचानक बन्द हुँदा यात्रुहरू प्रभावित, तस्बिरहरू
काठमाडौँ। नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्। बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा आवागमन बन्द गरिएको...
जेनजी आन्दोलनपछि संसद्ले बनायो ११ ऐन: संघीयता कार्यान्वयनका महत्त्वपूर्ण कानुन अझै अधुरै
संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका संघीय निजामती सेवा, प्रहरी समायोजन र मौलिक हकसम्बन्धी महत्त्वपूर्ण कानुनी व्यवस्था अझै पूर्ण हुन सकेका छैनन्।...
वर्षा रोकियो, टल्किए हिमाल (तस्वीरहरू)
आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । दिउँसो उपत्यकामा घाम लागेको थियो । साँझ उपत्यकाबाट वरपरका हिमालहरू प्रष्ट देखिए ।
पर्यटन विकास गर्न अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता वृद्धिमा जोड
बदलिँदो पर्यटन परिवेश अनुसार संस्थागत क्षमता र सेवा प्रवाह सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिए ।
मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?
हामीले प्रायः मिर्गौला बिग्रनुका कारणहरू सुनेका छौं– मधुमेह, उच्च रक्तचाप, वा धेरै पेनकिलर खानु । तर, कहिलेकाहीँ मिर्गौला बिग्रनुको कारण यी भन्दा फरक हुन्छ...
सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा ६ सयभन्दा बढीले गरे श्राद्ध
काठमाडौँ । सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा ६ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि...
विपद्मा परेर चार दिनमा १५ जनाको मृत्यु
देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ ।
तस्बिरमा हेर्नुहोस् काठमाडौंबाट देखिएको हिमशृंखला
चार दिनदेखि लगातार परेको वर्षापछि आइतबार काठमाडौं उपत्यकाको मौसम खुलेसँगै विभिन्न हिमशृंखला देखिएका छन्।
वर्षाले नेपाली चलचित्र व्यवसाय प्रभावित
काठमाडौँ । लगातार परेको वर्षाले मुलुकको जनजीवन प्रभावित भएसँगै नेपाली चलचित्रको व्यापार खस्किएको छ । सम्बद्ध व्यवसायीका अनुसार अविरल वर्षाका कारण चलचित्र हलसम्म पुग्ने...
फेवातालमा अत्याधुनिक जेट स्की बोट सञ्चालन, १ हजार ५८८ जनाको उद्धार
पोखरा। फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ।...
नारायणीको बाढी सुस्ता पसेपछि स्थानीयलाई स्कुलमा सारियो
अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारि ल्याइएको छ।
तीन होमस्टे ‘वर्ष गन्तव्य गाउँ’ घोषित
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले छनोट गरेका तीन गाउँलाई गन्तव्य गाउँका रूपमा घोषणा गर्ने गरेको छ ।
वर्षा र बाढीको कहर अमेरिकामा पनि: न्युयोर्क र न्युजर्सीमा आपत्काल घोषणा
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै परेको अविरल वर्षाका कारण तटीय क्षेत्रहरू जलमग्न भएका छन्।...
गण्डकीमा बाढी–पहिरो : १४ जनाको मृत्यु, घरहरू डुबे, केही बेपत्ता
बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा छैन बिजुली र नेटवर्क, नवलपुरमा डुबान
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।