नागरिकताको निरन्तरता र गोर्खा सन्धि पुनरावलोकनका लागि दबाब – प्रेम गाहा मगर र केपी ओलीबीच छलफल
काठमाडौं – गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्ष प्रेम गाहामगरले नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।
सोमबार एमाले कार्यालय च्यासल ललितपुरमा भएको झण्डै एक घण्टा लामो भेटमा एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खा मुद्दा, बेलायतका नेपालीको अवस्था र समसामयिक राजनीतिक घट्नाक्रमबारे कुराकानी भएको गाहामगरले जनाए ।
भेटमा नेता ओलीले आफूले उठाएका वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा मुद्दा समाधानका लागि पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिएको गाहामगरले बताए ।
तपाईंको माग जायज छ, अध्यक्ष ओलीको भनाइ उधृत गर्दै गाहामगरले भने, सिन्दुरसंग नागरिकता सांट्ने जुन नागरिकता विधेयक सरकारले पारित गरयो, त्यसमा एमालेको पहिले पनि विरोध थियो, अहिले पनि छ भन्नुभयो ।
भूतपूर्व गोर्खा मुद्दा...










