पूर्वी लन्डनमा अग्लो भवनमा भीषण आगलागी, २२५ दमकलकर्मीको प्रयासपछि आगो नियन्त्रणमा
लन्डन - पूर्वी लन्डनको डागेनहामस्थित अग्लो भवनमा भएको भीषण आगलागीपछि एक सयभन्दा बढी मानिसलाई उद्धार गरिएको छ भने दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ। सोमबार बिहान लागेको यो आगलागीमा करिब २२५ दमकलकर्मी र ४५ दमकलले खटेर आगो नियन्त्रणमा ल्याए।
दमकलकर्मीहरू घटनास्थलमा छ पुगेपछि केही समयपछि भवनका सबै बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। आगलागीको कारण अझै अज्ञात रहे पनि, भवनमा रहेको ‘नन-कम्प्लायन्ट’ क्ल्याडिङ्ग हटाउने काम भइरहेको जानकारी प्राप्त भएको छ।
दमकल अधिकारीहरुले भनेका छन् कि यस भवनमा पहिल्यैबाट अग्नि सुरक्षासम्बन्धी समस्याहरू रहेका थिए। आगलागीले भवनको छत, स्क्याफोल्डिङ र भुईँतलालाई पनि समेटेको थियो। आगलागी नियन्त्रणमा आएपछि सबै बासिन्दाहरूलाई नजिकैको एक आरामस्थलमा स्थानान्तरण गरिएको छ।
स्थानीयहरूलाई भारी धुवाँका कारण झ्याल ढोका बन्द गर्न अनुरोध ग...










