जनप्रगतिशील मञ्च, बेलायतको आपत्ति: कुलमानको बर्खास्तगीको निर्णयको विरोध
लन्डन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरिएकोप्रति नेकपा माओवादी निकट प्रवास समिति नेपाली प्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुका साथै आपत्ति जनाएको हो ।
‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको निलम्बन प्रति नेपाली जनप्रगतिशिल मंच बेलायत (NPPF UK) गम्भीर चिन्ता व्यक्त गर्दछ र यस निर्णयप्रति कडा आपत्ति जनाउँछ’, विज्ञप्तिमा उल्लेख छ, घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले ऐतिहासिक सुधार गर्दै मुलुकभरको लोडसेडिङ अन्त्य गरेको मात्र होइन, ऊर्जा उत्पादन, वितरण, र व्यवस्थापनमा अभूतपूर्व योगदान पुर्याएको छ । उहाँको कार्यकाल जम्मा चार महिना मात्र बाँकी रहँदा पटक–पटक स्पष्टिकरण माग्ने, कार्यसम्पादन मूल्याङ्कनमा अन्यायपूर्ण अंक प्रदान गर्ने जस्ता मा...










