कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्यो भव्य स्वागत
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । 'उज्यालो नेपाल' अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् ।
एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्यद्वय विजय गुरुङ र सिरी गुरुङ, संरक्षक भरत रोका क्षेत्री, उपाध्यक्षद्वय तीर्थबहादुर मल्ल (अनिल) र धनबहादुर तामाङ, महासचिव जुरेन्द्र खजुम लिम्बु, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकारद्वय क्याप्टेन रि. वीर थापा र रत्न राई एवं एनआरएनए आइसीसी सल्लाहकार थर्क सेनले घिसिङलाई स्वागत गरे ।
एनआरएनए यूकेले कुलमानसंग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा 'मिट एन्ड ग्रीट' गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै 'अन लिमिटेड थ्री कोर्स मिल'...










