बेलायतमा कुलमानसंग साक्षात्कार गर्न समुदाय उत्साहित, धमाधम टेबुल बुक
लन्डन– नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा १८ घण्टासम्म लोडसेडिङ भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त बनाए । जहाँ बत्ती नै थिएन, त्यहाँ बत्ती पुरयाए । अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ । प्राधिकरण ठूलो घाटामा थियो, नाफामा छ । तर, बिडम्बना सबै जनतामाझ प्रिय कुलमानलाई जिम्मेवारीबाट मुक्त गरियो ।
जिम्मेवारीविहीन भएपछि कुलमान अहिले एक जिम्मेवार नागरिकको हैसियतले 'उज्यालो नेपाल' अभियान लिएर विदेशमा छन् । सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान लिएर अगाडि बढेको उनको भनाइ छ ।
खाडी मुलुक हुंदै हाल अमेरिका रहेका उनी लन्डन समेत आउंदैछन् । छिट्टै बेलायत आउन लागेका कुलमानसंग एनआरएनए यूकेले आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा 'मिट एन्ड ग्रीट' गर्ने तयारी गरेको छ । उन...