वंशजको नागरिकता दिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग अध्यक्ष मगरको आग्रह
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत शाखाले आफ्ना अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा नागरिकता ऐनमा अत्यावश्यक संशोधनको माग गर्दै माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई औपचारिक रुपमा ज्ञापनपत्र बुझाएको छ जसमा विदेशमा रहेका नेपालीहरुका लागि वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्नको लागि प्राथमिकतादि न आग्रह गरिएको छ।ज्ञापनपत्रमा अध्यक्ष मगरले नागरिकता ऐनले विदेशी नागरिकता लिएका सन्तानले लिएको नेपाली नागरिकतालाई निरन्तरता दिन नदिने लामो समयदेखिको चिन्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मगरले नेपाली डायस्पोरा समुदाय र आफ्नो मातृभूमिबीच सुमधुर सम्बन्ध कायम गर्न एनआरएनए युकेको प्रतिबद्धता दोहोर्याउनुभयो।
नागरिकता ऐनका विद्यमान प्रावधानहरूबाट प्रतिकूल असर परेका गोर्खा सैनिक र उनीहरूका सन्तानहरूको मुद्दामा विशेष ध्यानाकर्षण गर्दै ज्ञापनपत्रले सन्...