नयाँ ऊर्जा सहित चार मन्त्रीको सपथ, प्राविधिक र अनुभवी अनुहारहरूको प्रवेश
काठमाडौं — राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ गराएका हुन्।
समारोहमा प्रधानमन्त्री सुशिला कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल पनि उपस्थित थिए।
सपथ लिनेमध्ये पूर्व सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानून तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रिय नवप्रवर्तन केन्द्रका संस्थापक महावीर पुन शिक्षाश, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन्।
वरिष्ठ पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा आएका छन् भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी विज्ञ डा. मदन परियारलाई दिइएको छ।
प्रधानमन्त्री कार्कीले सिफारिस गरेका यी नियुक्तिहरूले अन्तरिम मन्त्रि...