एनआरएनए यूके अध्यक्ष गाहामगरले वंशजको नागरिकता माग्दै राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापन पत्र
लन्डन - एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका बेला गाहामगरले गत आइतबार अल्डरसटमा आयोजित एक जनसभामा लिङ्देनलाई ज्ञापन बुझाएका हुन् ।
उनले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि ज्ञापन बुझाएका थिए ।
राप्रपा केन्द्रिय नेताहरु यतिखेर बेलायत भ्रमणमा छन् ।
झण्डै १९ महिनापछि लिङ्देनलाई उही विषयको ज्ञापनपत्र बुझाएर सहयोग अनुरोध गरेको गाहामगरले बताए ।
ज्ञापनमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न, वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्...










