धरण समाज यूकेको वार्षिक साधारण सभा सम्पन्न
स्विन्डन — Dharan Samaj UK ले आफ्नो पहिलो वार्षिक साधारण सभा (AGM) तथा आठौँ कार्यसमिति बैठक १४ मार्च २०२६ मा Ellendune Community Centre मा सम्पन्न गरेको छ। बारेट वे, स्विन्डनस्थित सामुदायिक केन्द्रमा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष निकेश लिम्बुले मार्च २०२५ देखि मार्च २०२६ सम्म समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार समाजले गत वर्ष सामाजिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विविध कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरेको थियो।
उक्त अवधिमा २१ जुन २०२५ मा १२औँ बुद्ध सुब्बा गोल्ड कप २०२५ आयोजना गरिएको थियो भने ६ सेप्टेम्बर २०२५ मा “धराने भेला २०२५” कार्यक्रम सम्पन्न गरिएको जानकारी दिइएको छ। साथै स्वर्गीय युबिन तामाङको परिवारलाई ३३१० सहयोग...










