भूपू गोर्खाका मुद्धालाई संसदमा प्रवेश गराउन बन्यो ‘सर्वदलीय संसदीय समिती’ – एनआरएन युकेको अदक्ष्य प्रेम गाहा मगर सलाहकार (भिडियो सहित)
बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसदमा संगठित रुपमा आवाज उठाइने भएको छ । यसका लागि संसद बाहिर एक संसदीय समिती गठन गरिएको छ । ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिती यु.के.ले आज बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका साँसद रामहरी खतिवडा संयोजक र नेकपा एमालेका साँसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ ।
समितीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली,राप्रपाबाट धवलशम्शेर राणा र ध्रुव बहादुर प्रधान, माओवादी केन्द्रकी दुर्गा राई,नेपाली काँग्रेसकी सीता कुमारी राना,जनता समाजवादी पार्टीकी शुशिला श्रेष्ठ, र नेपाली काँग्रेसका साँसद खाम बहादुर गर्बुजा रहनु भएको छ । सर्वदलीय संसदीय समितीको सल्लाहकारमा पूर्व राज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अदक्ष्य प्रेम गाहा मगर र पूर्व सभ...