एनआरएनए यूकेद्वारा जीटेन आवद्ध गोर्खाहरुबीच वहस
लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच ११ पटक चरणवद्ध वार्ता भइसक्दा पनि यो निष्कर्षमा पुग्न नसक्दा जीटेन आवद्ध गोर्खा अभियन्ताहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
एनआरएनए यूकेले सोमबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको एक वहस कार्यक्रममा गोर्खा अभियन्ताहरुले भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच ७ चरण प्राविधिक स्तर र ४ चरणमा मन्त्रिस्तरिय वार्ता भएपनि प्रगति उन्मुख नभएकाले अबको आन्दोलन नेपाल सरकारप्रति पनि लक्षित हुन जरुरी रहेको धारणा राखे ।
गोर्खाहरुको न्यायका लागि गम्भीर भएर बेलायत सरकारसंग प्रस्तुत भइ वार्ता सफल पार्नु नेपाल सरकारको अभिभावकत्व भूमिका रहेको बताउंदै उनीहरुले बेलायत समान पेन्सन र क्षतिपूर्ति मुद्दामा प्रवेश गर्न सधैं आनाकानी गरिरहेकाले अबको वार्तामा नेपाल सरकारको तर्फबाट मन्त्रिस्तरि...










