बेलायतमा समाजवादी प्रवासी संगठनहरूको ऐतिहासिक एकता
काठमाडौं । बेलायतमा समाजवादी मोर्चाका प्रवास संगठनहरू बीच एकता भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युके, माधवकुमार नेपाल नेतृत्वको पूर्व एकीकृत समाजवादी पार्टी निटक प्रवास समिति प्रवासी नेपाली एकता मञ्च र जनता समाजवादी पार्टीनिकट प्रवास समितिहरुबीच एकता सम्मेलन सम्पन्न भएको हो।
आइतबार बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलन मञ्चकी अध्यक्ष बिमला लिम्बुको अध्यक्षता र नेकपाका पूर्वमहासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाली प्रवासी एकता मञ्च युकेको पूर्वअध्यक्ष कृष्ण तिवारीले संचालन गरेको उक्त सम्मेलनका विशेष अतिथि नेकपाका पूर्व विदेश विभाग प्रमुख श्रीप्रसाद साह रहेका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले नेपाललाई युक्रेन बन्नबाट जोगाउनका लागि एकताको आवश्यकता भएको बताए भने विश...










