पूर्वी लन्डनमा अग्लो भवनमा भीषण आगलागी, २२५ दमकलकर्मीको प्रयासपछि आगो नियन्त्रणमा

लन्डन – पूर्वी लन्डनको डागेनहामस्थित अग्लो भवनमा भएको भीषण आगलागीपछि एक सयभन्दा बढी मानिसलाई उद्धार गरिएको छ भने दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ। सोमबार बिहान लागेको यो आगलागीमा करिब २२५ दमकलकर्मी र ४५ दमकलले खटेर आगो नियन्त्रणमा ल्याए।

दमकलकर्मीहरू घटनास्थलमा छ पुगेपछि केही समयपछि भवनका सबै बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। आगलागीको कारण अझै अज्ञात रहे पनि, भवनमा रहेको ‘नन-कम्प्लायन्ट’ क्ल्याडिङ्ग हटाउने काम भइरहेको जानकारी प्राप्त भएको छ।

दमकल अधिकारीहरुले भनेका छन् कि यस भवनमा पहिल्यैबाट अग्नि सुरक्षासम्बन्धी समस्याहरू रहेका थिए। आगलागीले भवनको छत, स्क्याफोल्डिङ र भुईँतलालाई पनि समेटेको थियो। आगलागी नियन्त्रणमा आएपछि सबै बासिन्दाहरूलाई नजिकैको एक आरामस्थलमा स्थानान्तरण गरिएको छ।

स्थानीयहरूलाई भारी धुवाँका कारण झ्याल ढोका बन्द गर्न अनुरोध गरिएको छ। घटनास्थलमा एकदमै चुनौतीपूर्ण परिस्थितिमा काम गरेका आपतकालीन कर्मचारीहरूको प्रशंसा पनि गरिएको छ। यो घटनाको पूर्ण अनुसन्धान गरिनेछ र क्ल्याडिङ्गको भूमिका पनि जाँच गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *