नेपाल सर्वोच्च अदालबाट हवाई टिकटमा भ्याट नलिन आदेश

© नेपाल सर्वोच्च अदालत

सर्वोच्च अदालतले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लगाउने प्रस्ताव गरेको थियो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हवाई टिकटमा भ्याट लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश सुनुवाइका लागि तोकेको छ र मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ।