
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा तीन नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा संविधानको धारा ८० बमोजिम मन्त्रीहरू नियुक्त गरिएको हो।
शपथ लिएका मन्त्रीहरू:
- रमेश्वर प्रसाद खनाल – अर्थ मन्त्री
- कुलमान घिसिङ – ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; शहरी विकास मन्त्री
- ओम प्रकाश अर्याल – गृह मन्त्रालय; कानून, न्याय तथा संसदीय मामिला मन्त्री
नयाँ मन्त्रिपरिषद् भदौ २७ गते गठन गरिएको हो।
प्रधानमन्त्री शुशिला कार्कीले आफैंले विभिन्न १७ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्, जसमा उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्र, कृषि, रक्षा, शिक्षा, स्वास्थ्य लगायतका प्रमुख मन्त्रालयहरू छन्।
यस मन्त्रीपरिषद् विस्तारलाई विश्लेषकहरूले “सशक्त र अनुभवी नेतृत्वको संकेत”का रूपमा हेरिरहेका छन्।