advertGIF1

शिक्षामा क्रान्ति: नेपालले अन्तर्राष्ट्रिय विद्यार्थीलाई निशुल्क भिसा दिने घोषणा

काठमाडौं– लामो समयदेखि बिदेशमा अध्ययन गर्ने विद्यार्थीहरूको मुख्य स्रोत मानिँदै आएको नेपालले अब आफ्नै शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने संकेत दिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एक ऐतिहासिक घोषणा गरेका छन्।

उनले बताएअनुसार अब नेपालमा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको सम्पूर्ण शैक्षिक कार्यक्रमको अवधिसम्म निशुल्क भिसा दिइनेछ। यति मात्र होइन, उनीहरूका अभिभावक वा संरक्षकलाई समेत बहुप्रवेश भिसा उपलब्ध गराइनेछ।

यो कदम नेपालको उच्च शिक्षाको गुणस्तर र व्यवस्थापनमा सुधार ल्याउने दीर्घकालीन रणनीतिअन्तर्गत गरिएको हो। विश्वविद्यालयहरूबीचको सञ्चालन, नीति तथा शैक्षिक संरचना एकरुप बनाउन विशेष कानून ल्याउने तयारी पनि गरिएको छ।

हाल नेपालमा बंगलादेश, चीन र भारतबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी आउने गरेका छन्। तर विज्ञहरू भन्छन्, नेपालले विशेष कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्ने ठूलो सम्भावना राख्दछ।

यस घोषणालाई शिक्षा क्षेत्रमा ‘गेम चेन्जर’ मानिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *